
काठमाण्डौं, माघ १२ सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का र अमित ठाकुरले संयुक्त रुपमा ललितपुर, सातदोबाटोमा नृत्य तथा अभिनय प्रशिक्षण केन्द्र स्थापना गरेका छन् । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा ‘डाईनामिक नृत्य क्रियटिभ फिल्मस प्रा.लि.’को उद्घाटन भएको हो ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, गोपाल काजी कायस्थ, व्दन्द कलाकार संघका अध्यक्ष नारायन प्रधान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, बरिष्ठ श्रृंगारकर्मी श्याम कुमार बराल, बरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, व्दन्द निर्देशक शंकर महर्जन, प्रदेश २ का नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण कुमार प्रधान, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, नायक संजित भण्डारी,रामेश्वर बुर्लाकोटी लगायका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सभापतित्व ग्रहण गरेकी मोडेल फरिता खड्काले स्वागत मन्तव्य सहित सम्पूर्णले गरेको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेकी थिईन साथै बुवा आमापछीको अभिभावकको रुपमा सम्पुर्णले गरेको मार्गदर्शन आफुले सधैं पालना गर्ने कुरा पनि बताईन ।