Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

मानव तस्करको आरोपमा चर्चित कलाकार राजेन्द्र खड्गी पक्राउ

admin

दक्षिण कोरियामा मानव तस्करी गरेको आरोपमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गी बिहीबार पक्राउ परेका छन। केन्द्रीय अनुसन्धान ब्युरोले खड्गीलाई हिरासतमा लिएको हो।

कोरियामा वृत्तचित्र बनाउने अनुमति लिएर खड्गी सहित १५ जना गएका थिए। खड्गीसँग गएका एकजनामात्र फर्किएको सूचनापछि ब्युरोले अनुसन्धान गरिरहेको थियो। अनुसन्धानमा लमजुङ र बाग्लुङसहित देशभरबाट सम्पर्कमा आएका युवासँग जनही १२ देखि १५ लाख रूपैयासम्म लिएर खड्गीले योजनावद्ध रूपमा मानव तस्करी गरेको देखिएको हो।

ुअनुसन्धानमा रकम लिएर अवैध मानव ओसारपसार गरिएको देखिएपछि पक्राउ गरेका छौ, अन्य कलाकारका बिषयमा समेत अनुसन्धान भै रहेको छु, ब्युरोका डिआईजी पुष्कर कार्कीले भने।

अनुसन्धान अधिकारीहरूका अनुसार खड्गीसँगै गएका १३ जना कोरियामा अवैध बसोबास गरिहेका छन। ब्युरोको सम्पर्कमा आएका यी बाहेक अन्य धेरै कोरिया सहित युरोप र जापानमा समेत कलाकारका रूपमा अवैध ओसारपसार भएको भेटिएको हो। स्रोतका अनुसार पछिल्लो समय यी देशमा सांस्कृतिक कार्यक्रममा गैर कलाकारलाई मोटो रकम लिएर तस्करी भइरहेको हो। यसमा नाम चलेका कलाकार र प्रतिष्ठित संचारकर्मीका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

ठमेलबाट पक्राउ परेका खड्गी बिरूद् काठमाडौं जिल्ला अदालतबाट मानव वेचविखन तथा ओसार पसार मुद्दामा पाँच दिन म्याद लिएर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको