Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

संवैधानिक परिषदको बैठक अनिश्चित कालका लागि स्थगित

admin

प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषदको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार साँझ पाँच बजे बस्ने गरी प्रधानमन्त्री ओलीले बोलाएको बैठक अब अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ।

यसअघि बसेको परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। ती मध्ये केहीले पद अस्वीकार गरेका थिए। अस्वीकार गरेका पदमा पुन नियुक्तिका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ।

बैठक बस्ने सूचना प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पत्रमार्फत दिइएको थियो। तर सभामुख सापकोटा भने बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको थियो।

यसअघि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस पनि सभामुख अग्नी सापकोटाले फिर्ता गरेका थिए । अहिले अन्तिम समयमा बैठक किन स्थगित भयो भन्ने प्रस्ट छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको