Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

आम हड्ताल के को लागी ?

admin

-डा.डिआर उपाध्याय

नेपाल बन्द,हड्ताल र चक्काजाम सदाको लागि अन्त्य गर्नु पर्छ भनेर प्रतिबद्धता जनाएका दलहरुले नै सरकार देखि बाहिर हुँदा उनैले नै आफुले गरेको प्रतिबद्धतालाई उलङ्घन गर्ने प्रयास गरेका छन् । दलिय स्वार्थका लागि आम हड्ताल गरेर सर्बसाधरणदेखि आम नागरिकलाई सास्ती दिने काम राम्रो होइन । गरि खाने नागरिकलाई यस्ता बन्द, हड्तालले नराम्रो प्रभाव पारेको हुन्छ । एक दिनको बन्द हड्तालले देशको अर्थतन्त्रमा करोडौँ नोक्सान पु–याएको हुन्छ । आम हड्ताल के को लागी ? यो विषयमा राजनीतिक दलहरु किन गम्भिर बन्न सकेनन् ? बन्द हड्तालका कारण बिरामी ,विद्यार्थी ,ज्याला मजदुर लगायत विभिन्न क्षेत्रमा यसको प्रभाव पर्दछ ।बन्दका कारण यातायात सुचारु हुन नसक्दा विगतमा पनि कैयौँ सिकिस्त बिरामी र प्रसुति व्यथाले च्यापेका महिलाले समयमा उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेका प्रशस्त उदाहरण छन् ।

आज हुने भनिएको आम हड्तालको कारण यस्ता घटना पुन नदोहोरिउन भन्ने हाम्रो चाहना हो । लोकतन्त्रमा शान्तिपूर्ण ढंगले सभा सम्मेलन,जुलुस गर्ने अधिकार सबैलाई हुन्छ । तर लोकतन्त्रले दिएको अधिकार भन्दै उशृङ्खल र अराजकता फैलाउने छुट भने कसैलाई छैन । सरकारले आम नागरिकको शान्ति , सुरक्षामा विशेष ध्यान दिन जरुरी छ ।

अत्यावश्यक कामका लागि हिडेका सवारी साधनमाथि आन्दोलनकारीले दुरव्यवहार र तोडफोड जस्ता अमानवीय काम हुनु भएन । आन्दोलनकारीले विगतमा सवारी साधनमाथि तोडफोड गर्ने , आगो लगाइदिने, ढुंगा मुढा गर्ने , बाटोमा टायर बाल्ने जस्ता उशृङ्खल काम गरेका थिए । आज हुने भनिएको आम हड्ताल बाट यस्ता खालका प्रवृति नदोहोरिउन ।आम नेपाली जनता यी र यस्ता गलत प्रवृति बाट वाक्क दिक्क भै सकेका छन् ।

नेपाली जनताले सधैजसो हड्ताल ,जुलुस, नेपालबन्द ,चक्काजाम जस्ता अशान्ति निम्ताउने गतिविधि मन पराउँदैनन् । नेपाली जनताले दिगो शान्ति,सुशासन र विकास चाहेका छन् । यी तिन विषयमा नेपाली जनता जुनबेला पनि हातेमालो गर्न तयार छन्। जब सम्म देशमा दिगो शान्ति ,सुशासन र विकास हुँदैन तबसम्म नेपाली जनताले दुःख पाइरहेका हुन्छन् ।

यो कुरा बुझ्न सबैले जरुरी छ । संसद विघटन पछि राजनीतिक दलहरू र नागरिक समाज सडक आन्दोलनमा छन् । सडक आन्दोलनले मात्र समस्याको समाधान हुँदैन, समस्या समाधानको लागि संवाद,सहमति र सहकार्य नै उत्तम बाटो हो । विगतमा पनि ठुला ठुला समस्याहरु संवाद,सहमति र सहकार्यबाट नै समाधान भएका प्रशस्त उदाहरण छन् । अब पनि त्यही बाटो अवलम्वन गरेर वर्तमान राजनीतिक समस्याको समाधान खोज्नु जरुरी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको