Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

सवारी दुर्घटनामा त्रिशुलीमा बेपत्ता भएका सचिव यादव मृत भेटिए

admin

त्रिशूलीमा गाडी खसेर बेपत्ता भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव मृत भेटिएका छन् । सचिव यादव कपिलवस्तुमा छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा थिए । सचिव आफैँले चलाएको बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान ३ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेको थियो । गाडीमा चार जना सवार थिए । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

गाडीमा संगै सवार सचिव यादवका साथीको छोरी १५ वर्षीया उन्नति गुप्ताको शव निकालिएको छ भने यादवका छोरा २२ वर्षीय सन्तोष बेपत्ता छन् । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले दुर्घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको