Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सवारी दुर्घटनामा त्रिशुलीमा बेपत्ता भएका सचिव यादव मृत भेटिए

admin

त्रिशूलीमा गाडी खसेर बेपत्ता भएका सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव मृत भेटिएका छन् । सचिव यादव कपिलवस्तुमा छोरीको विवाहको टुंगो गरेर मन्त्रालय फर्किने क्रममा थिए । सचिव आफैँले चलाएको बा २ झ ३१४० नम्बरको गाडी शनिबार बिहान ३ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेको थियो । गाडीमा चार जना सवार थिए । दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

गाडीमा संगै सवार सचिव यादवका साथीको छोरी १५ वर्षीया उन्नति गुप्ताको शव निकालिएको छ भने यादवका छोरा २२ वर्षीय सन्तोष बेपत्ता छन् । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले दुर्घटना बारे अनुसन्धान भइरहेको जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको