Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

देउवा सरकारका लागि १ रुपैया चन्दा संकलन गर्दै क्रान्तिकारी

admin

प्रधानमन्त्रि शेरवहादुर देउवा नेतृत्वको सरकारले लगातार एकपछि अर्को निर्णय गर्दै देशको ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै माओवादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारीले ब्यङ्ग्य १ स्वरुप  रूपैयाँ संकलन अभियान सुरु गरेको छ ।

क्रान्तिकारीले उपत्यका लगायत देशका मुख्य शहरहरुमा १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बस्नेतले भने( ‘ प्रधानमन्त्रीलाई आफ्ना दलका कार्यकर्ता भरणपोषण गर्न जति गरे पनि पुगेन । त्यसैले हामीले उहाँलाई चन्दा संकलन गरिदिन लागेका हौं।

देउवाले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले दावी गरे।

क्रान्तिकारीले प्रधानमन्त्री देउवालाई १ रूपैयाँ अभियान आजबाटै उपत्यकाका कलेजहरुवाट सुरु गरेको छ । यो अभियान देशैभर चल्ने क्रान्तिकारीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको