Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

जब पुरुषले जिते सुन्दरी प्रतियोगिता…..

admin

महिलाबीच हुने सुन्दरी प्रतियोगिताको उपाधि कुनै पुरुषले जित्न सक्ला यो मनगढन्ते जस्तो लाग्नसक्छ । तर २२ वर्षका एक  मोडेल कजाकिस्तानमा भएको मिस भर्चुअल कजाकिस्तान नामक सुन्दरी प्रतियोगिताको फाइनल राउन्डमा पुगे ।
वास्तविक नाम इले डियागिलेभ भएका अरिया अलियेवा मिस भर्चुअल कजाकिस्तानका लागि भैरहेको अनलाइन प्रतियोगिताको फाइनलमा पुगेका हुन् । उनको तस्वीरमा अनलाइनमार्फत् २ हजार भन्दा धेरै भोट प्राप्त भयो । तत् पश्चात उनलाई मिस भर्चुअल शमकन्द घोषणा गरियो । शमकन्द दक्षिणी कजाकिस्तानको एक प्रान्त हो ।

तर ,अलियेवाको त्यो खुसी धेरैबेर टिकेन । किनकी आयोजकले आफ्नोबारेमा गलत जानकारी दिएको भन्दै उनलाई अयोग्य घोषित गरे ।  अयोग्य भएसँगै मिस शमकन्दको उपाधि इकेरिम तमिरखानोभालाई दिइएको छ र उनैले राष्ट्रिय प्रतियोगिताको फाइनलमा भिड्नेछिन् । उनलाई १९ सय ७५ भोट प्राप्त भएको थियो ।

क्षेत्रीय उपाधि जित्दै राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको दुई दिनपछि इले डियागिलेभले आफु महिला नभएको र अरिना अलियेभा आफ्नो नाम नभएर आफ्नो टिमको परियोजना भएको खुलासा गरेका थिए । धेरै महिलाहरुले सुन्दर देखिनु नै सबैभन्दा ठूलो काम हुने भन्दै घमण्ड गर्ने गरेको हुँदा आफुले पुरुषहरु पनि महिला भन्दा कम सुन्दर हुँदैनन् भन्ने प्रमाणि गर्नका लागि महिला भएको नाटक गरेको बताएका छन् ।

उनी १७ वर्षको उमेरदेखि फेसन जगतमा रहँदै आएका छन् र मोडलको रुपमा रहेका छन् । उनले मेकअपको माध्यमबाट आफ्नो अनुहार र जिउडाललाई पूरै महिलाको जस्तो बनाउन सक्दछन् । उनले एकजना मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्टको सहयोग लिएर आफुलाई सुन्दर महिलाको स्वरुपमा ढाले अनि त्यो तस्वीर खिचेर आफुलाई अरिनाको रुपमा प्रस्तुत गरी भर्चुअल मिस कजाकिस्तानको अनलाइन प्रतियोगितामा सहभागी गराए । त्यसो गर्दा समेत आफु फाइनलसम्म पुगेकोमा उनलाई निकै आश्चर्य लागेको छ ।

बीबीसी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको