Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

हिमपहिरोमा परेकामध्ये ५० जनाको शव भेटियो

admin

 भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचा नभएको स्थानीयप्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

“कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वेटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,” प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

उनीहरूको शवबाहेक घटनास्थलबाट अरु २३ वटा मानव अङ्ग पनि भेटिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । चमोली जिल्लाका विभिन्न ठाउँबाट ती अङ्गहरू भेटिएका हुन् ।

घटनास्थलमा भेटिएका शवहरूको डीएनए परीक्षण गर्ने र पहिचान गर्ने तयारी भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

हिमपहिरोका कारण अरु झण्डै १५० जना अझै पनि हराइरहेको जनाइएको छ । बेपत्ता भएका अधिकांश व्यक्ति विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । उत्तराखण्डमा गत आइतबार विद्युतगृह भएको ठाउँमा हिमपहिरो गएको हो ।

मृतक तथा बेपत्ता भएका व्यक्तिहरू भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल, विहार, झारखण्डका रहेका छन् । त्यसैगरी केही व्यक्ति नेपाली पनि भएको अधिकारीहरूले जनाएका छन् ।

हिमपहिरोका कारण तीव्र बेगको पानी र हिउँले पुल, सडक र दुई वटा विद्युतगृहमा ठूलो क्षति पुगेको छ । विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुङ्गाका कारण सुरुङभित्रै थुनिएका व्यक्तिहरूको खोजी तथा उद्धार प्रयास अझै पनि जारी छ । राष्ट्रिय र राज्य उद्धार टोली, सेना र प्रहरीका टोली घटनास्थलमा खटिएका छन् ।

भारतीय अधिकारीले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल विष्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिरा बढी नै जान थालेको विज्ञले औँल्याएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको