अवहेना मुद्दामा लिखित जवाफसहित सर्वोच्चमा प्रधानमन्त्री ओली

अदालतको अवहेनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफैं सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

प्रधानमन्त्री ओली बिहीबार बिहान ११ बजेर ४५ मिनेटतिर सर्वोच्च अदालत पुगेका हुन् ।

अदालतमा विचाराधीन अवस्थामा रहेको संसद विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको थियो ।

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीलाई ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन भनेको थियो । अवहेना मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश मनोज कुमार शर्माको माघ १५ गतेको एकल इजलासले ओलीका नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफसिहत ७ दिन भित्र (बाटोको म्याद बाहेक) उपस्थित हुन भनेको थियो ।

प्रधानमन्त्री ओलीले भने फागुन २ गते अदालतको पत्र बुझेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *