Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

बाबा एजुकेशनको प्रस्तुतिमा मिस ग्रेस काठमाण्डौ -२०१८ सम्पन्न

admin

गरिब तथा जेहेन्दार बालबालिकाको सहयोगार्थ सुनौलो सपना नेपाल एक सामाजिक सस्थाले गत माघ २३ गते काठमाण्डौ जमल स्थित राष्ट्रिय नाचघरमा एक सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थिहरुलाई उचित परामर्श सेवा दिदै आएको बाबा एजुकेशन कन्सल्टेन्सिको प्रस्तुतिमा हेल्पिङ हेयान्डस् चिल्ड्रेन होमका गरिब बालबालिकाको सहयोगार्थ सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बिबिध सांस्कृतिक मनोरन्जन र ग्रेस इीभेन्ट प्रा. लि को आयोजित मिस ग्रेस काठमाण्डौ- २०१८ को फिनाले सम्पन्न भएको थियो । जसमा जाम्बु शेर्पाले ‘ मिस ग्रेस काठमाण्डौ २०१८’को उपाधि हासिल गरेकी थिइन् भने रेखा भट्ट फस्ट रनरअप,आशा पौडेल सेकेण्ड रनरअप र श्रद्दा राजभण्डारी ब्राण्ड एम्बेसडर बन्न सफल भएका छन । कार्यक्रमलाई ईपि एजुकेशन अष्ट्रेलिया प्रायोजन गरेको थियो भने सीम्रन म्युजिक र गाम बेशि दोहोरी साँझ ठमेलले पनि कार्यक्रमलाई सहयोग गरेको थियो । त्यस्तै गरी समाजसेवी धर्म सिंह, रुपा बलामी, गायक बिश्वो आरके को नि सहयोग प्राप्त भएको थियो । कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकार रोज मोक्तान, महादेब त्रिपाठि, रोमा न्यौपाने, मोटु पत्लु क्रिउ, बिनुप सुनुवार राई, डान्सिङ स्टार क्रिति पौडेल लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको