मिस एण्ड मिसेस व्यूटिफुलको आयोजना हुदै

 दक्ष ईन्टरनेशनल प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ ।

त्यसै गरी मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए। उनका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षणपश्चात पूजा नाथ पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत र सविना खुलाल छैठौं संस्करणको मिस व्युटीफुल नेपाल २०२१ प्रतियोगितामा भिड्न तयार भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *