Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

स्थानीय सरकार छाड्दै मेयर बालेन, संघीय सत्ता लक्ष्य स्कुलिङ र सिस्टमको फरक: कांग्रेस बदलिँदा एमाले किन अड्कियो कांग्रेस विवाद समाधानका लागि आज वार्ता हुँदै बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली

युएई विरुद्ध नेपालको विजय

admin

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स युएईमाथि ४ विकेटको जीत हासिल गरेको छ । जित्ने पर्ने दबाबमा रहेको नेपालले योसँगै युएईसँगको हारको शृंखला पनि अन्तय गरेको हो ।

वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य २८।५ ओभरमा ६ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।

झिनो लक्ष्य पछ्याउने क्रममा फेरि पनि नेपालको ब्याटिङक्रम धर्मराएको थियो । कप्तान पारस खड्काले अर्धशतक बनाउँदै एकतर्फ टिकिरहँदा अर्को तर्फ लगातार विकेट झरेको थियो ।

प्लेयर अफ द म्याच घोषित कप्तान पारसले ४८ बलमा २ चौका र ५ छक्काको मद्दतले ५१ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकिरहेका थिएनन् ।

आरिफ शेखले १६ रन बनाउँदै पारसलाई साथ दिए भने रोहित कुमार पौडेल र सोमपाल कामीले नटआउट रहँदै क्रमशः १२ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए । यसअघि सोमपाल र सन्दीप लामिछानेले क्रमशः चार र तीन विकेट लिए पछि युएईको पारी ३१ ओभरमा मात्र ११४ रनमा समेटिएको थियो ।

सोमपालले ७ ओभरमा ३० रन खर्चर्दै ४ विकेट लिए भने सन्दीपले ७ ओभरमा समान रन खर्चर्दै ३ विकेट लिए । कप्तान पारसले पनि २ विकेट लिन सफल भए । युएईका लागि साइमान अनवरले सर्वाधिक ३० रन बनाए ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको