Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

सिलवाल प्रकरणका कारण काठमाडौ प्रहरी प्रमुखको सरुवा

admin

पूर्व डिआईजी तथा नेकपा एमालेका सांसद नवराज सिलवालप्रति नरम भएको आरोपमा काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको सरुवा भएको छ । धानुकलाई संघीय इकाइ प्रहरी कार्यालय बागलुङ सरुवा गरिएको छ । उनको ठाउँमा हेडक्वार्टरमा रहेका एसएसपी विश्वराज पोखरेललाई पठाइएको छ ।

सिलवालविरुद्ध आईजीपी नियुक्तिको बेला कार्य सम्पादन मूल्यांकन नम्बर किर्ते गरेको अभियोगमा मुद्दा चलाउन आईजीपी प्रकाश अर्याल र एआईजी जयबहादुर चन्दले दबाव दिएका थिए । तर धानुकले शुरुदेखि नै सिलवालप्रति नरम नीति अपनाउँदै उनलाई पक्राउ गर्नुको साटो लुकाउन सहयोगी भूमिका खेलेको आरोपसमेत लगाइएको छ ।

सिलवाल प्रकरणमा धानुकले सूचना चुहाएको आरोप लाग्दै आएको थियो । उनी मुद्दा दर्ता गर्न दबाव बढेपछि मोबाइल स्वीच अफ गरेर बिदामा बसेका थिए । यहि बेला हेडक्वार्टरको सिफारिसमा गृह सचिव मोहनकृष्ण सापकोटाले धानुकको सरुवा सदर गरेको बताइएको छ ।

सिलवाल प्रकरणमा मुख्य सचिव लोकदर्शन रेग्मी र आईजीपी अर्याल तथा एआईजी चन्द एक ठाउँमा छन् । धानुकले असहयोगी भूमिका खेलेको भन्दै विश्वराज पोखरेललाई काठमाडौंको प्रहरी प्रमुख बनाइएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको