Logo
28 Mar 2024    १५ चैत्र २०८०, बिहीबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

‘नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१’ आयोजना गरिदै

admin

काठमाडौं, १४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । आज जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला बारे जानकारी गराईएको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा भएको सो पत्रकार सम्मेलनमा मेला ‘मेड इन नेपाल, मेक इन नेपाल’को थिममा लाजिम्पाट स्थित होटल रेडिसनमा गरिने जानकारी दिइयो ।

सो अवसरमा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले उक्त मेला आयोजना गर्नुको उदेश्य महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रबर्द्धन गर्ने रहेको बताउदै मेलाले हस्तकला सामग्री, खाद्य, पहिरन एवम् आभुषण, सौन्दर्य सामाग्री लगायतका उत्पादनको व्यवसायीकरण गर्न सहयोग पुग्ने दाबी गरिन । साथै, उनले कोभिड १९ बाट बढी जसो महिला उद्यमीहरु प्रभावित बनेको उल्लेख गर्दै नेपालमा महिला उद्यमशीलताको विकासका लागि नेपाल महिला चेम्बरले सक्रियता बढाउदै लगेको पनि जानकारी दिइन् ।

अध्यक्ष श्रेष्ठले मेलाबाट महिला उद्यमीहरुले प्रशस्त लाभ हासिल गर्ने जिकिर समेत गरिन । त्यसैगरि, नेपाल चेम्बर अफ कमर्शका महानिर्देशक कैलाशकुमार बजिमयले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरको संयुक्त आयोजनामा हुन गईरहेको उक्त मेलाले देशको आर्थिक गतिविधीलाई चलायमान गराउन केही हद राहत मिल्ने धारणा राखे ।

साथै उनले स्टल बुकिङ र आगन्तुकलाई आकर्शित गर्ने गरि तयारी भैरहेको पनि जनाए । नेपाल चेम्बर अफ कमर्शका ट्रेड कमिटी संयोजक तथा उक्त मेलाका संयोजक राष्ट्र भुषण चाकुबजीले उक्त मेलाले नेपाली महिला उद्यमीलाई प्रोत्साहन मिल्ने धारणा राख्दै मेलालाई सफल पार्न सम्बन्धित सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्माले अन्तरराष्ट्रिय उडान अवरुद्ध भैरहेको वर्तमान स्थिती माझ आन्तरिक बजार प्रबर्द्धनका लागि मेला कोशेढुङा बन्ने राय पेश गरिन । त्यसैगरि, उक्त मेला अन्तर्गतको प्रदर्शनी संयोजक तथा महिला चेम्बरकी सचिव लिमा अधिकारीले मेलाको दोस्रो दिन कामना विकास बैंकले महिला उद्यमीहरुको वित्तिय सशक्तिकरणका लागि अन्तर्कृया कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै ‘व्यापार भिजन’ प्रतियोगिता आयोजना गरि उत्कृष्ट भिजन प्रस्तुत गर्नेहरुलाई पुरस्कृत गरिने जानकारी दिइन् ।

सो अवसरमा महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले कार्यक्रमलाई सम्बोधन गर्दै मेलाको अवसरमा कलाकारहरुले मिथिला आर्ट लगायतका कला प्रदर्शन गर्ने जानकारी दिईन भने महिला चेम्बरकी ट्रेड फेयर संयोजक जानकी प्रधानले मेलालाई फरक ढंगले आयोजना गर्न लागिएको दाबी गर्दै सबैलाई समेटने कोशिस नेपाल महिला चेम्बरले गरेको जनाउदै मेलालाई सफल पार्न संचार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गरिन ।

सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले समुदघाटन गर्ने तय गरिएको उक्त मेलामा खाद्य एवम् पेय, लत्ता कपडा, हस्तकला र सजावटका सामाग्री, किचन सामाग्री, हेल्थ र फिटनेश, कुक वेयर, फेशन प्रडक्ट, ट्राभल एण्ड टुर, इलेक्ट्रीकल र इलोक्ट्रोनिक्स, किडस र बेबी प्रडक्ट, डिजाइनर एसेसोरिज, नक्कली गरगहना र सौन्दर्य सम्बन्धी सय भन्दा बढी स्टल रहने उक्त पत्रकार सम्मेलन माझ जानकारी दिइयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको