बाघको छालासहित काठमाडौंबाट एकजना पक्राउ

बाघको छालासहित काठमाडौं हाडिगाउँबाट एकजना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आज हाडिगाउँ बस्ने ३५ वर्षीय मोहन कार्कीलाई पक्राउ गरेको हो।
कार्कीले बाघको छाला बिक्री गर्न ग्राहक खोजि गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत मालिगाँउबाट प्रहरी निरीक्षकको कमाण्डको गएको टोली निजको घरमा छापा मारेको थियो।
घरमा खानतलासी गर्दा निजको घरभित्र कोठाको टेवलमा राखेको अवस्थामा टाउको र नंग्रा सहिको पुछ्रर देखि टाउको सम्म ८ फिट लम्वाई र ३ फिट चौडाई भएको छाला बरामद गरिएको हो।
प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *