Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

फोटोग्राफर राजभाई, कोरियोग्राफर रोजिन देखि ट्रान्सजेन्डर सुपर मोडल अन्जलीलाई फेसन मोडलिङ विधाको स्पेशल अवार्ड

admin


भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेटमा संचालन गरिएको फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित फेसनफेअर अवार्डस् २०२० अन्तर्गतको स्पेशल अवार्ड विधा अन्तर्गत उल्लेखीत क्षेत्रमा लामो समयदेखि सक्रिय रही महत्वपूर्ण उपलब्धी हासिल गरेको विभिन्न व्यक्तित्वहरु सम्मानीत भएका छन् । जस अन्तर्गत ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाल फोटोग्राफर अफ द इयर अवार्डबाट सम्मानीत भएका छन् भने कोरियोग्राफर रोजिन शाक्य वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्डबाट सम्मानीत भएका छन् ।


यसैगरी ट्रान्सजेन्डर सुपर मोडल अन्जली लामा फेसन एक्सीलेन्स अफ द इयर, फोटोग्राफर महेश प्रधान इभेन्ट फोटोग्राफर अफ द इयर, मनोरञ्जन पत्रकार नेमिष गौतम जर्नालिष्ट अफ द इयर, अभिनेता गौरव पहारी सेलिब्रेटी अफ द इयर तथा मिस युनिभर्स नेपाल प्रतियोगितालाई ब्युटी प्याजेन्ट अफ द इयर अवार्डबाट सम्मानी गरिएको थियो । मिस युनिभर्स नेपालका लागि नेसनल डाइरेक्टर नगमा श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो । स्पेशल अवार्डबाट सम्मानीत हुने सबैजनालाई आयोजक संस्था ड्रिम सर्च एजेन्सीका संस्थापक निर्देशक तथा ग्ल्यामर फोटोग्राफर कमल निकोन क्षेत्रीले सम्मान प्रदान गरेका थिए । फेसनफेअर अवार्डस् २०२० ड्रिम सर्च एजेन्सीको स्थापनाको सातौं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको