Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

फोटोग्राफर राजभाई, कोरियोग्राफर रोजिन देखि ट्रान्सजेन्डर सुपर मोडल अन्जलीलाई फेसन मोडलिङ विधाको स्पेशल अवार्ड

admin


भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेटमा संचालन गरिएको फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित फेसनफेअर अवार्डस् २०२० अन्तर्गतको स्पेशल अवार्ड विधा अन्तर्गत उल्लेखीत क्षेत्रमा लामो समयदेखि सक्रिय रही महत्वपूर्ण उपलब्धी हासिल गरेको विभिन्न व्यक्तित्वहरु सम्मानीत भएका छन् । जस अन्तर्गत ग्ल्यामर तथा फेसन फोटोग्राफर राजभाई सुवाल फोटोग्राफर अफ द इयर अवार्डबाट सम्मानीत भएका छन् भने कोरियोग्राफर रोजिन शाक्य वेष्ट इन्टरनेसनल प्याजेन्ट कोरियोग्राफर अवार्डबाट सम्मानीत भएका छन् ।


यसैगरी ट्रान्सजेन्डर सुपर मोडल अन्जली लामा फेसन एक्सीलेन्स अफ द इयर, फोटोग्राफर महेश प्रधान इभेन्ट फोटोग्राफर अफ द इयर, मनोरञ्जन पत्रकार नेमिष गौतम जर्नालिष्ट अफ द इयर, अभिनेता गौरव पहारी सेलिब्रेटी अफ द इयर तथा मिस युनिभर्स नेपाल प्रतियोगितालाई ब्युटी प्याजेन्ट अफ द इयर अवार्डबाट सम्मानी गरिएको थियो । मिस युनिभर्स नेपालका लागि नेसनल डाइरेक्टर नगमा श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो । स्पेशल अवार्डबाट सम्मानीत हुने सबैजनालाई आयोजक संस्था ड्रिम सर्च एजेन्सीका संस्थापक निर्देशक तथा ग्ल्यामर फोटोग्राफर कमल निकोन क्षेत्रीले सम्मान प्रदान गरेका थिए । फेसनफेअर अवार्डस् २०२० ड्रिम सर्च एजेन्सीको स्थापनाको सातौं वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको