मुक्तक -एमपी अर्याल


चन्द्रमामा पनि खोट देख्ने कसैको बानी हुन्छ
क्षण भङुरको जिवन न हो एकदिन खरानी हुन्छ
फुलको आखामा फुलै, काडाको आखामा काडै सन्सार
हुनत जे सस्कार सिकेको छ तेसैको ढुवानी हुन्छ

जान्छ समय अनगिन्ती घाउ दियर
किन घट्दैनन घटना जनाउ दियर्
शिर छ ,शशिर छ बिना पाउका
जिस्काय जस्तो लाग्छ खराउ दियर

बुझेन मान्छेले जिवन मसानघाटमा पनि
बालुवारुपी घरको बनावटमा पनि
मै खाउ मै लाउ शुख सयल मै गरु
मृत्युको अन्तिम छट्पटाहटमा पनि

-एम पि अर्याल्
स्याङ्जा, अर्जुनचौपारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *