Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

४८१३ मिटर उचाईमा निर्माण भएको ‘गोक्यो रि’ को अडियो भिडियो सार्वजनिक(भिडियो सहित)

admin

नेपाली गित संगितको दुनियामा नेपाली साहासीक कलाकारहरुको टोलिले एउटा छुट्टै नयाँ आयम थपेका छन ।

कोरोना महामारिले विश्वको जनजीवन मात्र नभै सबै क्षेत्रका उद्योगहरु बन्दा हुने अवस्थामा पनि नेपाली कलाकारहरुले नेपाली गित संगितसङ्ग नजिक रहेर एउटा साहासिक र ऐतिहासिक काम सम्पन्न गरेका छन । दैनिक जसो गित रेकर्ड गर्न ब्यस्त स्टुडियोहरु अहिले बन्दा जस्तै रहेको बेला सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरु बाद्यबादन र रेकर्डिङका लागि आवस्यक उपकरण सहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउमा अडियो रेकर्ड तथा भिडियो छायांकन सम्पन्न गरि गोक्यो रि नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन। भिडियो भखरै गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलबाट अपलोड भएको छ ।

झट्ट सुन्दाअसम्भव जस्तो लाग्न सक्छ तर कलाकारहरुले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकन गरि सम्भव बनाएका छन ।

उक्त गोक्यो रि गितमा अहिलेका चर्चित गायिका बबिना किराँतीको स्वर, बहुप्रतिभाशाली गायक तथा संगितकार बिक्रम राईको संगित, मिलन किराँतीको शब्द, फनिन्द्र राईको संगित संयोजन रहेको थियो भने वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले अडियो रेकर्ड गरेका हुन । भिडियो निर्देशन दुर्लभ जन्तरे ( बुद्धि राज राई ) ले गरेका हुन भने भिडियोमा मोडेल तथा गायिका समेत रहेको बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, र १० वर्षिय बाल कलाकार रायल राईलाई देख्न सकिने छ। भिडियो छायांकन तथा एडिट ईसाक जबेगुले गरेका हुन भने क्यामेरा सहयोगिको रुपमा दुर्गा प्रसाद राई रहेका थिए ।

त्यस्तै लाईभ बाद्यबाधनमा गिटारिस्ट राजिब बैजु, मादल बिक्रम राई, बासुरी पावल राई तथा अक्टाप्याडमा बिक्रम गुरुङ रहेका छन । गोक्यो रि नामक उक्त भिडियो निर्माता पर्यटन ब्यवसायी सन्च बहादुर राई, बासुरी बादक पावल राई, सिनेमाटोग्राफी राजन खरेल, र पर्यटन व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की रहेका छन। यो सम्पुर्ण प्रोजेक्टको निर्देशक तथा सहजीकरण भने गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर पुष्कर नेपालले गरेका थिए। निर्माण पक्षले जानकारी दिए अनुसार कोरोनाले थला परेको पर्यटन क्षेत्र र गित संगित क्षेत्रमा केही नया काम गरेर थोरै भए पनि यस क्षेत्रमा योगदान दिने रहेको बताएका छन। छायांकन गरिएको गोक्यो क्षेत्र विश्व सिमसार क्षेत्रमा सुचिकृत एक ऐतिहासिक धार्मिक ठाउ मात्र नभएर नेपालको उत्कृष्ट पर्यटन गन्तव्य भित्र पनि पर्दछ।
उक्त गीतको अडियो भिडियो सम्पन्न गर्न २० लाख लागत लागेको पनि निर्माण पक्षले जानकारी दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको