Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक

admin

दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी फरिता खड्का अभिनित ‘सल्लाघारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

लोक लयमा आधारित गीतमा गायिका रानी शाक्यको स्वर रहेको छ भने राजेश शाक्यको शब्द तथा बिक्रम थापाको संगीत रहेको छ ।

भिडियोमा फरितासंगै, जिबेश गुरुङको अभिनय रहेको छ भने निर्देशन देव धिमालको रहेको छ ।

जीवनमा केही गर्नुपर्छ भन्ने सोच लिएकी मोडल फरिता खड्का नेपाली सिने क्षेत्रकी आशालाग्दी मोडल हुन् ।

सानै उमेर देखि चलचित्रको नायिका बन्ने सपना देख्दै आईरहेकी फरिता खड्का अभिनयसंगै नृत्यमा पनि पारंगत छिन ।

उदयपुर, बेलका न.पा. ९ की स्थानीय बासिन्दा फरिता खड्का अभिनय क्षेत्रमा विगतका केही समयदेखि सकृय रुपले लागिपर्दै आईरहेकी छन् ।

म्युजिक भिडियोको मोडलिङसंगै उनि र्‍याम्प मोडलिङ र अन्य स्टेज कार्यक्रममा समेत सक्रिय रुपमा लागिपरेकी छन । फरिता स्वयमा एक नृत्य प्रशिक्षक पनि हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको