Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

बलात्कारको मुद्दा मिलाई दिन्छु भन्दै एक करोड ठग्न खोज्ने पक्राउ

admin

जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाईदिन्छौ भनी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त अभियोगमा प्रहरीले पोखरा महानगरपालिका १७ राष्ट्रबैंक चोकस्थित खाजाघरबाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ५ मालेपाटन ठेगाना भई सोही महानगरपालिका ८ बस्ने ५८ बर्षीय सुर्यलाल खड्का र पोखरा महानगरपालिका २५ हेम्जा बस्ने धादिङ गंगाजमुना गाउँपालिका १ स्थायी घर भएका ३९ बर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणी मुद्धाका प्रतिवादीलाई प्रहरी, वकिल र अदालतसंग सेटिङ छ, १ करोड रकम दिए मिलाई दिन्छु नत्र १५ बर्ष जेल जान्छ भनी झुट्टो आश्वासन दिई बिश्वास दिलाई १२ लाखको चेक र १ लाख १० हजार नगद लिई ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको

साथबाट कामना सेवा विकास बैंकको ६ लाख लेखिएको २ वटा चेक, विभिन्न बैंकको चेक तथा भौचरहरु र ४ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । उनीहरु उपर जिल्ला अदालत कास्कीबाट ठगी आपराधिक बिश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर अन्तर्गत ७ दिन म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको