Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा ‘नारी सम्मान’

admin

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौ लेडि जेसिसको आयोजनामा नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौ महानगरपालिकाका उपमयेर हरि प्रभा खड्गीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा क्याप्टेन लुना प्रधान, पहिलो महिला बाईक राईडर रिता कमल श्रेष्ठ, संचारकर्मी बिनु सुवेदी, गायिका कुन्ति मोक्तान,रेटिना विशेषज्ञ डा.छुनु श्रेष्ठ तथा समाजसेवी प्रभा राजभण्डारीलाई नारी सम्मान गरिएको थियो ।


समाजमा उल्लेख्य योगदान दिएका वरिष्ठ महिला व्यक्तित्वहरुलाई सम्मानित गर्ने उक्त कार्यक्रमलाई सुनिता राजभण्डारीले कार्यक्रमको स्वागत सुनिता राजभण्डारीले गरेकी थिईन । कार्यक्रममा नगिना नकर्मीले जेसिस आस्था पाठ गरि कार्यक्रमको शुभारम्भ गरेकी थिईन । एसजी नेपाल जेसिसका गेष्ट अफ अनर बिकास मानन्धर, ईभिपि नेपाल जेसिसका सुमन कुमार श्रेष्ठ, जेसिआईका भाईस प्रेसिडेन्ट जेसीआई सिनेटर किर्ति तुलाधर लगायतको विशेष आतिथ्यताम कार्यक्रम सम्पन्न भएको आयोजक तथा काठमाडौ लेडि जेसिस २०२१ की अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठले जानकारी दिईन । कार्यक्रमको संयोजन अनिता थापा विष्टले गरेकी थिईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको