Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो) होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता:ज्योति एकेडेमीका प्रधुम्न गौतम मावितर्फ द्धितिय

युवा नेता तथा ब्यवसायी पोखरेलकाे समन्वय र सन्तुलित उच्च बिचार

admin

दोलखा जिल्ला साविक च्यामा गाविस हाल तामाकोसी ६ मा जन्मी कार्यथलो काठमाण्डौ बनाउँदै राजनिती र ब्यापारलाई अगाडी बढाई रहनुहुने राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा युवा नेता विष्णु पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको बिबाद पछि सर्वाेच्च अदालतले गरेकाे फैसलालाई साविकको अवस्था नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा रहि पार्टीको गतिविधि गर्नुहुन र यदि पार्टीएकता गर्ने हुँदा १५ दिनभित्र प्रक्रिया पुर्याई दर्तामा आउनको लागि निर्वाचन आयोगले गरेको पत्राचारमा नेता पोखरेलले समन्वयकारी सन्तुलित र उच्च बिचार सामजिक सञ्जाल फेसबुक मार्फत ब्यक्त गर्नु भएको छ ।

नेता पाेखरेलले सर्वाेच्च अदालतकाे निर्णयलाई उच्च सम्मान गर्दै नेपालमा रहेका सम्पूर्ण बामपंथी एवं कम्युनिस्टपार्टीका नेता कार्यकर्ताहरु संयमित र अनुसासित बनी नेकपा एमालेमा समाहित गराउदै जनताकाे जनबादलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि बढाउन सम्पुर्ण नेता कार्यकर्ताहरुले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न अनुरोध गर्नु भएको छ ।

नेता पोखरेल २०६४/६५ देखी नेकपा एमाले निकट अनेरास्ववियुको राजनीति गर्दै आउनु भएको हो । उहाँ पार्टीमा जस्तो सुकै समस्या आउँदा पनि पार्टीको सस्थापन पक्षमा दृढताको साथ उभिने हुँदा उहाँलाई नेताको गुट विशेष भन्दा पनि पार्टीको दृढ र आत्माविस्वासी कार्यकर्ता तथा युवा नेताको रुपमा चिनन्छन जसअनुसार आज नेकपामा देखा परेको समस्यालाई पनि विचार गरेर पार्टीको सस्थापन पक्षमा उभिने निर्णय गर्नु भएको थियाे ।

उहाँको क्षमतालाई माथिल्लो तहका नेताहरुले समेत राम्रोसँग बुझेर पार्टी नेताले विश्वासको रुपमा निकट राखेका छन् । उहाँलाइ चिन्नेहरु जस्तोसुकै कठिन कामलाई पनि सहज रुपमा समाधान गर्ने र विस्वासलाई सधै कायम राख्न सक्ने युवा नेताको रुपमा विश्लेषण गर्दै आएका छन । उहाँले राजनिती सँगसँगै विभिन्न ब्यवसाय र सामाजिक कामलाई पनि सफलताको साथ अगाडि बडाउदै आउनु भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको