Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

नारायणगढ–मुग्लिन सडक नियमित सञ्चालनमा

admin

नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा आएको हो ।

पहिरो रोक्नका लागि एक साता सो स्थानमा दुइतर्फी सवारी आवागमन रोकी काम भएको थियो । आज दिउँसो ३ बजेसम्म पहिरो रोक्ने काम सम्पन्न गरेर नियमितरुपमा आवागमन शुरु भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर सविना रानाभाटले जानकारी दिए ।

सो ठाउँमा गाडी रोकेर पहिरो रोक्ने काम सम्पन्न भएको छ । सोही ठाउँ नजिकै गत वर्षको असारपछि ठूलो पहिरो खसेको भए पनि तत्काल पन्छाउने योजना छैन । रानाभाटले भने, “हाल रोकथाम गरेको पहिरोभन्दा अझ माथि ठूलो पहिरो छ ।” यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए। हालको ठेक्कामा सो पहिरो समावेश नहुने भएकाले बजेटको व्यवस्थापन गरेर काम गर्नुपर्ने रानाभाटले जानकारी दिए ।

जुनसुकै बेला सो पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिएको उनको भनाइ छ । गत साल पहिरो रोकथामका लागि भएको ठेक्कामध्ये आठ ठाउँको सम्पन्न भएकामा बाँकी रहेको चार किलोको यस वर्ष सम्पन्न गरिएको हो । रु १४ करोडमा पहिरो रोकथामका लागि ठेक्का गरिएको उनको भनाइ छ ।

यो सडक बिस्तारका क्रममा ठाउँठाउँमा भित्तो काटिएपछि पहिरोको जोखिम बढेको थियो । सडक बिस्तार सँगसँगै पहिरो रोकथामको काम पनि अघि बढाइएको थियो । यस सडक हुँदै दैनिक १० हजार हाराहरी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको