Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलालको निधन

admin

नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रोफेसर माणिकलाल श्रेष्ठको निधन भएको छ । उनको आज बिहान बाँसबारी स्थित न्युरो अस्पतालमा निधन भएको हो । केही हप्ता यता श्रेष्ठलाई भेन्टीलेटरमा राखेर उपचार गराउदै आईएको थियो ।

श्रेष्ठ लामो समयदेखि अस्वस्थ रहँदै आएका थिए । यसअघि पनि निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित श्रेष्ठलाई लामो समयसम्म सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

नेपाल बामपन्थी आन्दोलनका सहयोद्धा श्रेष्ठलाई पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत आफ्ना गुरु मान्ने गर्छन् । कतिपय पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषय वस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उहाँसँग सरसल्लाह लिने गर्छन् ।
लामो समय प्रध्यापन पेशामा सकृय श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने पहिलो ब्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्ता समेत थिए ।उनी माणिक सरको नामले चर्चित र धेरैका आदरणीय समेत मानिन्छन् ।

मणिकलाल श्रेष्ठ नेपाल चेम्बर अफ कमर्शका पुर्व अध्यक्ष स्वर्गिय इश्वरलाल श्रेष्ठका भाई हुन। उनका दुई छोरा छन् ।विश्व प्रसिद्ध वरिस्ठ मुटु रोग बिशेषज्ञ प्रा. डा. मलखलाल श्रेष्ठ र डेन्ट्रेस्टिका विद्यावारिधी गरेका चर्चित डा. सितुलाल श्रेष्ठ उनका दुई छोरा हुन । नेपालकी पहिलो महिला वकिल तथा सर्वोच्च अदालतकी पहिलो महिला न्यायधिस सुशिला श्रेष्ठ (शिलु सिंह)स्वर्गिय श्रेष्ठकी धर्मपत्नी हुन । उनको दश महिना अघि मात्रै निधन भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको