नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचार जारी रहेको नर्भिक अस्पतालले जनाएको छ ।
विभिन्न सञ्चारमाध्यममा उनको निधनको भ्रामक खबर प्रकाशित भएका बेला अस्पतालले बुधबार बिहान विज्ञप्ति निकालेर गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको जानकारी दिएको हो ।
५७ वर्षका उनी गएको फागुन १४ गते मष्तिकघात भएपछि नर्भिक अस्पतालमा उपचाररत छन् । पछिल्लो केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको छ ।
लोकप्रिय समाचार

