Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकियो

admin

यही चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकिएको छ । नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताका खेल हेर्न जनरलतर्फ सात सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एन्फाले जनरल तर्फ सात सय रुपैयाँका दरले १० हजार ५०० र भीआईपीतर्फ १५ सय रुपैयाँका दरले १५०० वटा टिकट बिक्री गरिने लक्ष्य रहेको जनाएको छ । एन्फाका अनुसार प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । एन्फाको आयोजनामा दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ ।

थ्रि नेशन्स कपको खेल तालिका :

मार्च २३ – बंगलादेश विरुद्ध किर्गिस्तान
मार्च २५ – नेपाल विरुद्ध किर्गिस्तान
मार्च २७ – नेपाल विरुद्ध बंगलादेश

मार्च २९ – फाइनल


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको