Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

फ्रान्समा फेरि एक महिने लकडाउन

admin

फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लकडाउन घोषणा भएकाे छ।

पेरिसका साथै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन लागू हुने छ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने बताएका छन्।

फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ संक्रमित फेला परेका छन्।

प्रधानमन्त्री जीन केसटेक्सले कोरोना भाइरसको तेस्रो लहर तीव्र गतिमा फैलिन सक्ने चेतावनी दिएका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले पेरिसको हालत अत्यधिक खराब भइरहेको बताएका छन्।

नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरु बन्द रहने छन्। तर विद्यालय भने बन्द नगरिने भएको छ।

सरकारको अनुमति बिना मानिसहरु एक ठाउँबाट अर्काे ठाउमा जान पाउने छैनन्।

कोरोना भाइरसको खोप लगाउनमा ढिलाई गरेको भन्दै फ्रान्समा सरकारको आलोचना भइरहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको