Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

admin

आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी बिस्फोट भएको छ ।

आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो । ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ ।

पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो ।

सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो ।

तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान छ ।

वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत शुक्रबार बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको पुष्टि भएको आइसल्याण्डको मौसम विभागले बताएको छ ।

ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ । सर्वेका लागि सो क्षेत्रमा कोस्टगार्ड हेलिकप्टर पठाइएको छ । सो टोलीले पठाएको पहिलो तस्बिरमा लाभा ओरालो झर्दै गरेको देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको