Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

आइसल्याण्डमा ज्वालामुखी बिस्फोट

admin

आइसल्याण्डको राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी बिस्फोट भएको छ ।

आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो । ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ ।

पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो ।

सन् २०१० मा आइसल्याण्डमै भएको ज्वालामुखी बिस्फोटका कारण युरोपको हवाई ट्राफिक प्रभावित भएको थियो ।

तर यसपटकको फाग्राडाल्स्फल ज्वालामुखीबाट ठूलो मात्रामा खरानी तथा धुवाँ ननिस्कने अनुमान छ ।

वेम्याम्स तथा स्याटेलाइट तस्बिरहरु मार्फत शुक्रबार बेलुकादेखि ज्वालामुखी बिस्फोट भएको पुष्टि भएको आइसल्याण्डको मौसम विभागले बताएको छ ।

ज्वालामुखी बिस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटर पर पर्छ । सर्वेका लागि सो क्षेत्रमा कोस्टगार्ड हेलिकप्टर पठाइएको छ । सो टोलीले पठाएको पहिलो तस्बिरमा लाभा ओरालो झर्दै गरेको देखिन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको