Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक

admin

नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।

निर्वाचन कार्यक्रमअनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने गरी तोकिएको महासङ्घका सचिव प्रकाश थापाले जानकारी दिए।

मतदाताको अन्तिम नामावली चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ। यसैगरी उम्मेदवारी मनोनयन चैत १२ गते बिहान १०:३० बजेदेखि दिउँसो ४ बजेसम्म गरिने छ।

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते साँझ ६ बजे गरिने समितिले जनाएको छ। उम्मेद्वारमाथि दाबी विरोध चैत १३ गते बिहान १० ः ३० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरी तोकिएको छ।

यसैगरी उम्मेद्वारले नाम फिर्ता लिने समय चैत १४ गते दिउँसो ४ बजेसम्म तोकिएको छ। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १४ गते साँझ ६ बजे गरिनेछ।

मतदान चैत २५ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ । महासङ्घको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउनेछन् । मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइने जनाइएको छ।

केन्द्रीय निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका महासङ्घको वेबसाइटमार्फत सार्वजनिक गरिएको सचिव थापाले बताए। केन्द्रीय निर्वाचन समितिको कार्यालय महासङ्घको केन्द्रीय कार्यालयमै रहेको छ।

यसैगरी प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियट संस्थाको निर्वाचन कार्यक्रम सम्बन्धित एकाईकै निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ। ती एकाईको मनोनय दर्तालगायत प्रक्रिया पनि सम्बन्धित एकाईमै हुनेछ। देशभरबाट निर्वाचनका लागि महासङ्घका करिब १४ हजार साधारण सदस्य सहभागी हुनेछन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको