Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं

admin

विगत केही समय अघिदेखि घट्दो रुपमा रहेको कोरोना भाइरस फेरि दोहोरिन लागेको संकेत देखिन्छ । छिमेकी देश भारतमा कोरोना भाइरस बढे सगै नेपालमा खुल्ला सिमानाकाको कारण नेपालमा पनि यसप्रति सबै सचेत र जागरुप रहनु पर्ने देखिन्छ । कोरोनाका कारण देखाई पुन नेपालमा लकडाउन गर्ने खेल सरकारले गर्नु हुँदैन । गत वर्ष गरिएको लकडाउनका कारण नेपाली जनताको जनजीवन अझै सम्म पनि सहज बन्न सकिरहेको छैन । धेरैको व्यापार व्यावसाय अहिले सम्म सोचे बमोजिम सुचारु छैनन् ।

आम नागरिक लकडाउन भन्ने शव्द देखि नै त्रसित छन् । अब सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको छ । कोरोनाका कारण लकडाउन गर्नु समस्याको समधान होइन भन्न्ने कुरा विगतको परिणामले पुष्टि गरेको छ । नेपाल अरु देशको तुलनामा गरीब भएता पनि कोरोना भाइरस सँग लड्न सक्ने क्षमता भएको कुरा विगतले पुष्टि गरेको छ । नेपाली जनता कुनै पनि दुःख कष्ट सँग भागेको इतिहास छैन । हामी नेपाली वीर गोर्खालीका सन्तान हौँ हामी जस्तो सुकै त्याग तपस्या र बलिदान दिन पनि तयार छौँ ।

हामीलाई यो माटो मुटु भन्दा पनि प्यारो छ । कोरोना भाइरस सँग जुध्न सक्ने क्षमता वीर गोर्खाली नेपाली सँग छ । अहिले जुन किसिमले कोरोना भाइरसको हल्ला चलेको छ त्यसको सत्य तथ्य जानकारी पाएर मात्र सचेत बन्नु पर्ने आवश्यकता देखिएको छ । विगतको लकडाउनका कारण अहिले सम्म नेपालको अर्थतन्त्र चलाएमान हुन सकिरहेको छैन । अब लकडाउन गर्ने कुरामा कसैको ध्यान जानु हुँदैन । यदि नेपालमा कोरोना संक्रमण विगतमा जस्तै बढेको प्रमाण पाइएमा सरकारले आवश्यकता अनुसार सोच्ने कुरा आफ्नै छ ।

तर लकडाउन विकल्प होइन । लकडाउनले नेपालको अर्थतन्त्र देखि सबै क्षेत्रलाई तहस नहस पारेको कुरा अझै भुल्न सकिदैन । छिमेकी देश भारतका कतिपय शहरमा गरिएको लकडाउनको सिको नेपालमा गर्नु हुँदैन । श्रम जिवी जनता विगतको लकडाउन बाट नै त्रसित छन् । त्यो स्थिति पुन ः दोहोरिएमा जनता आक्रोसित हुन्छन् । केही महिनादेखि घट्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । यो नै नेपाल र नेपाली जनताको लागि चिन्ताको विषय हो ।

संक्रमित संख्या केही मात्रमा बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्ने आवश्यकता भने देखिएको छ । तर यो विषयमा तपाई हामीहरुले समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न । खासगरी, पछिल्लो समय भारतमा जुन किसिमले संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी सचेत र जागरुप हुनु पर्ने देखिन्छ । गत वर्ष नेपालमा नेपाली जनतालाई केही हुँदैन होला भन्दाभन्दै संक्रमण फैलिन पुगेको तथ्य याद राख्नुपर्छ । त्यसैले,तपाई हामी सबैले कोरोनाको दोस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु–गराउनु अत्यावश्यक छ ।

भारतबाट नेपाल आउनेका हकमा स्वास्थ्य मापदण्ड पालनालाई पनि कडाइका साथ लागू गराउनुपर्छ । हामी नेपाली जनता तत्काल अत्तालिहाल्न आवश्यकता छैन । तैपनि सतर्क भने रहनुपर्छ । किनभने, सहर–बजारको भीडभाडदेखि राजनीतिक दलहरूको सभा–समारोहसम्ममा मानिसहरू स्वास्थ्य सावधानीबिनै जसरी निर्धक्क सहभागी भैरहेका छन्, यस्ता राजनीतिक गतिविधिहरूले हामी जानीनजानी पुनः होमिरहेका छौ ।

यसबाट कतै हामी आफैंले महामारीलाई पुन बोलाइरहेका त छैनौं भन्ने प्रश्न उठेको छ । हामीले कोरोना भाइरसलाई खेलाँची भने ठान्नु हुँदैन । यदि हामीले लापर्वाही गरियो भने कोरोनाका कारण देशको अर्थतन्त्र फेरि तहसनहस हुनेछ, जनजीविका र सामाजिक जीवन थप प्रभावित बन्नेछ । हामी सजग रहन सक्यौं भने मात्रै त्यस्तो परिस्थिति आउने छैन । सार्वजनिक स्थलमा जनस्वास्थ्यका नियम पालना भए–नभएको बारेमा सरकारले निगरानी गर्नुपर्छ । त्यस्तै, सरकारले खोप अभियानलाई गति दिन पनि उत्तिकै आवश्यक छ । किनभने संक्रमणको दोस्रो लहर सुरु भएमा जोखिममा रहेका समूहहरू प्रभावित हुन सक्छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको