Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

विश्वमा कोरोना : १२ करोड ३८ लाख बढी संक्रमित

admin

 विश्व भरमा कोरोनाका संक्रमितको संख्या १२ करोड ३८ लाख ४९ हजार ७ सय ९१ पुगेको छ। यस्तै निको हुनेको संख्या ९ करोड ९७ लाख ७६ हजार ५ सय ४० पुगेको छ। गत २४ घण्टामा निको हुनेको संख्या ३ लाख ४४ हजार ९ सय ९९ रहेको छ।

गत २४ घण्टामा ४ लाख २० हजार ५२ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। हालसम्म विश्वभरमा २७ लाख २७ हजार ३ सय ९९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र ५ हजार ८सय ९८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा ब्राजिलमा सबै भन्दा बढी ४७ हजार ७ सय ७४ जना कोरोनाका संक्रमित थपिएका छन्। यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड १९ लाख ९८ हजार २ सय ३३ पुगेको छ। अहिलेसम्म ब्राजिलमा २ लाख ९४ हजार १ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ।

पछिल्लो समय अमेरिकामा संक्रमित हुनेको संख्या घट्दो क्रममा छ। गत २४ घण्टामा करिव ३९ हजार बढी संक्रमित थपिए भने यो सँगै अमेरिकामा ३ करोड ५ लाख २१ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ लाख ५५ हजार २ सय ९८ जनाले कोरोनाका कारण ज्यान गएको छ।

भारतभा भने कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ९जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोड १६ लाख ४५ हजार ७सय १९ रहेको छ। १ लाख ६० हजार ३ जनाको कोरोनाका कारण ज्यान गएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको