Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायाँकन गरी राजन खरेलले नाम लेखाए गिनिज वल्र्ड रेकर्डमा

admin

गिनिज बुक अफ वल्र्ड रेकर्डमा नेपालको तर्फबाट एउटा कीर्तिमान थप्न सफल भएको छ । विश्वको सर्वाधिक उचाईमा अडियो रेकर्ड तथा भिडियो छायांकनगरी नेपाललाई विश्वमानै प्रतिनिधित्व गर्ने साहासिक कार्य गर्न सफल भएको हो ।

सोलुखुम्बु जिल्लाको हिमाली क्षेत्र गोक्योमा कलाकारहरू बाद्यबादन र रेकर्डिङका लागि आवश्यक उपकरणसहित पुगेर लाईभ बाजा बजाएर सोही ठाउँमा अडियो रेकर्ड तथा भिडियो छायाँकन सम्पन्नगरी ‘गोक्यो रि’ नामक म्युजिक भिडियो सार्बजनिक गरेका छन् । भिडियो गायिका तथा मोडेल बबिना किराँतीको अफिसियल युट्युब च्यानलमार्फत अपलोड भएको छ ।

कलाकारहरूले यसलाई ४८१३ मिटर उचाईमा अडियो तथा भिडियो छायांकनगरी विश्व रेकर्ड बनाएका हुन् । उक्त गोक्यो रि गीतमा गायिका बबिना किराँतीको स्वर, गायक तथा सङ्गीतकार बिक्रम राईको सङ्गीत, मिलन किराँतीको शब्द, फनिन्द्र राईको सङ्गीत संयोजन रहेको छ भने साउन्ड ईन्जिनियर छिरिङ भोटेले अडियो रेकर्ड गरेका हुन ।

भिडियो निर्देशन दुर्लभ जन्तरे (बुद्धि राज राई)ले गरेका हुन भने भिडियोमा मोडेल तथा गायिकासमेत रहेको बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, र दश वर्षिय बाल कलाकार रायल राईलाई देख्न सकिन्छ । भिडियो छायांकन तथा एडिट ईसाक जबेगुले गरेका हुन भने क्यामेरा सहयोगिको रुपमा दुर्गा प्रसाद राई रहेका थिए । यस्तै लाईभ बाद्यबाधनमा गिटारिस्ट राजिब बैजु, मादल बिक्रम राई, बासुरी पावल राई तथा अक्टाप्याडमा बिक्रम गुरुङ रहेका छन् ।

गोक्यो रि नामक उक्त भिडियो निर्माता पर्यटन ब्यवसायी सञ्च बहादुर राई, मिडिया व्यावसायि तथा सिनेमाटोग्राफी राजन खरेल, बासुरी बादक पावल राई, र पर्यटन व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की रहेका छन् । यो सम्पुर्ण प्रोजेक्टको निर्देशक तथा सहजीकरण भने गिनिज बुक अफ वर्ड रेकर्ड होल्डर पुष्कर नेपालले गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको