Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

बेरोजगारी समस्या नै देशको लागी गम्भिर चुनौति

admin

लामो समय देखि नै हाम्रो देशमा बेरोजगारी समस्या बढदै गएको छ । यो हाम्रो देशको लागी गम्भिर चुनौतिको बिषय हो । यो चुनौतिलाई पार गर्न सवै एक हुनु पर्ने आबकश्यकता छ । हाम्रो देशमा जुन किसिमले देखिएको बेरोजगारी समस्या छ त्यो समाधान गर्नु पर्ने दायित्व सरकारको हो । देशमा दिगो शान्ति कायम हुन नसके बिकास र समृद्धि आउन सक्दैन । आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार भएर सडकमा भौतारीन बाध्य छन । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । यो हाम्रो देशको यथार्थ हो । विदेश पलायन हुनु भनेको रहर होइन , बाध्यता हो ।

शिक्षित युवाहरु विकसित राष्ट्रहरुमा गएका छन भने कम पढेलेखेका युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । युवा युवतीहरुको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ । यो हाम्रो नेपालको यथार्थ चित्रण हो । गाउँमा वृद्धवृद्धा मात्र बाँकी छन् । गाउँमा कोही मान्छे बिरामी पर्दा अस्पताल पु–याउने र मर्दा लास उठाउँने अभाव छ । हाम्रो देशमा राजनीतिक परिवर्तन पटक पटक भए तर बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यँु छन् । बेरोजगार र गरिब जनतालाई अगाडि देखाएर सत्तास्वार्थको भ¥याङ चढ्ने प्रवृति धेरै बढेर गयो ।

राजनीतिक दल र तिनका नेताहरु बेइमानी भए । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरुमा हावी भयो । देशमा गरिबीको संख्या बढिरहेको छ। दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ छ । बेरोजगार युवाको परिचालन तथा व्यवस्थापनमा राज्यले जति गर्नुपर्ने थियो, त्यति गर्न नसक्दा समस्या थप बल्झिएको हो। यदि युवालाई कृषि कर्ममा लगाउन सकियो भने बिदेसिने पैसा स्वदेशमै रोक्न सकिन्छ। अब राज्यले दीर्घकालीन योजना बनाएर युवालाई सीपमूलक शिक्षामा जोड दिनु पर्छ । सरकारी निकाय तथा निजी क्षेत्रले समयमै स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो । मानिसलाई बाँच्नका निम्ति गास, बास र कपास अत्यावश्यक बस्तु हुन । यि कुराको जोहो गर्न रोजगारी चाहिन्छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ ।

रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपायखोज्नु पर्ने जरुरी देखिएको छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ ।यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ । नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले फाइदा लिन सक्नु पर्छ । सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा ध्यान दिनु पर्छ ।

अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ । पर्यटनको ठूलो सम्भावना रहेको नेपालमा पर्यटकीय स्थल विस्तारमा जोड दिँदा राम्रो हुन्छ । त्यसैगरि कृषि वा पशुपालनमा युवाहरुलाई आकर्षित गर्ने खालका योजना तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको छ । सरकारले स्वदेशमा नै प्राविधिक शिक्षाको विस्तार गर्नु पर्छ । प्राविधिक शिक्षाले केही हदसम्म रोजगारीको सुनिश्चिता गर्छ । अहिले आत्मनिर्भरता , विकास र,समृद्धिका कुरा ओझेलमा परेका छन । रोजगारीका अवसर गुमेका छन । समाजवाद उन्मुख अर्थतन्त्र संकटमा छ । त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको