Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

राजनीतिक स्थिरता नै मुलुकको हितमा

admin

अव दलहरु मिलेर राजनीतिक गतिरोध टोडि मुलुकलाई निकास दिनु पर्ने आबश्यकता देखिएको छ । राजनीति एउटा गतिका साथ अघि बढनु पर्छ । नेपाली जनताले देशको बिकास र समृद्धि होस् भन्ने चाहेका छन । यो जनताको चाहाना दलहरुले पुरा गरिदिनु पर्छ । हिजो चुनावमा जनता संग गरेका बाचा कवुल दलहरुले पुरा गरिदिन सक्दैनन् भने जनताले दलहरु लाई आगामी निर्वाचन मार्फत उचित फैसला गर्ने छन । अहिले मुलुकमा बिघटित प्रतिनिधिसभा पुनस्र्थापना भएको अवस्था छ । तर, पनि संसद्ले उपयुक्त विजनेसअनुसार काम गर्न सकिरहेको छैन । अहिले देशमा जुन किसिमका राजनीतिक गतिविधि भैरहेका छन ती देखेर जनता निराश बन्न बाध्य छन । जनतालाई निराश बन्न दिनु हुदैन ।

यदि जनता निराश भए भने देशमा समस्या उत्पन्न हुन सक्छ । यो कुरा दलहरुले राम्रो संग बुझन जरुरी छ । नयाँ सरकार बन्ने हल्लासँगै मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ जाने हो की भन्ने चिन्ता पनि बढदै गएको छ । मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेल कसैले खेल्नु हुदैन । यस्ता खेलले कसैलाई फाइदा गदैन । राजनीतिक अस्थिरतासँगै आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको पनि यहाँ कुनै कमि छैन । सत्तास्वार्थको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । त्यसैले पनि दलहरुले राजनीतिक अस्थिरताको अवस्था आउन दिनुहुँदैन । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर समस्याको समाधान हुने अवस्था देखिदैन ।

झन समस्या बल्झिने देखिन्छ । त्यसैले निर्वाचनसम्म ओली सरकार नै हुनुपर्छ भन्ने हो । केपी शर्मा ओली पाँच वर्षका लागि जनादेश पाएका प्रधानमन्त्री हुन् । ओलीले सरकार त्यसै छोडेर मुलुकलाई भाँडभैलोमा हाल्न हुदैन । त्यसैले तत्काल सरकार परिवर्तन गर्नु हुदैन । यो जनताले दिएको जनादेश हो । प्रमुख प्रतिपक्षी कांग्रेसले पनि वैकल्पिक सरकारको नेतृत्व गर्न खोजेको छैन । कांग्रेसले चाहेर मात्र पनि सरकार बन्न सक्दैन । समस्या यो पनि छ । नेपाली कांग्रेसलाई सरकार गठनका लागि जनताले म्यान्डेट पनि दिएका छैनन ।

सरकारलाई स्थिर बनाउने गरी सबै राजनीतिक दलहरू अघि बढेको खण्डमा राजनीतिले निकास पाउँछ भन्ने हो । संसद्को कामकारबाही पनि प्रभावकारी रूपमा अघि बढ्नु पर्छ । दलहरूबीच देखिएको विवादका कारण पनि संसद्को कामकारबाही प्रभावकारी हुन नसकेको हो । त्यसैले सबै दलहरू मिलेर अब राजनीतिक स्थिरता खोज्नुु पर्छ । राजनीतिक अस्थिरताले मुलुकको हित गदैन भन्ने कुरा बिगतले पुष्टि गरेको छ ।

राजनीतिक स्थिरता नै मुलुक र मुलुकवासीको हितमा हुनेछ । सत्तारूढ दलका असन्तुष्ट पक्ष तथा, प्रमुख प्रतिपक्षी कांग्रेस तथा अन्य सबै राजनीतिक दलहरू पनि राजनीतिक अस्थिरताको खेलमा लाग्नुहुँदैन ।राजनीतिलाई गलत दिशामा जान दिनु हुदैन । प्रधानमन्त्री ओलीले यसमा सबैभन्दा ठूलो भूमिका खेल्नु पर्छ । त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रह प्रधानमन्त्रीले राख्नु हुदैन । राजनीतिक स्थिरताको वातावरण बनाउने सबैभन्दा ठूलो जिम्मेवारी प्रधानमन्त्री ओलीकै हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको