Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य

केपी ओली नेपालको ४१ औं प्रधानमन्त्री बन्दै, शपथ ४ बजे

admin

एमालेका अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ दिउँसो ४ बजे गर्ने गरी राष्ट्रपति कार्यालयमा तयारी भइरहेको छ । त्यसपछि नयाँ सरकार गठन हुनेछ । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक(एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको