Logo
07 Oct 2024    २१ आश्विन २०८१, सोमबार

ताजा खबर

दुर्गा प्रसाईँ पक्राउको विरोधमा आगजनीमा परेका भारतीय ट्रक चालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै मेयर बालेन र कतारका राजदूत अन्सारीबीच शिष्टाचार भेट स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता दाउन्नेको सडक दुईतर्फी खुल्यो

मुलुकको बर्तमान राजनीतिक अवस्था बारे केहि कुरा

admin

यति बेला मुलुकको राजनीति तरंगित छ । अब के हुन्छ कसैलाई थाहा छैन । अब यहि सरकारले निरन्तरता पाउँछ की अर्को सरकार बन्छ केहि थाहा छैन । राजनीतिमा कतिखेर के हुन्छ कुनै ठेगान हुदैन । अब यही सरकार कायम हुन्छ या नयाँ सरकार बन्छ भन्ने कुरामा अनेक खालको बहस भने चलिरहेको छ । यति बेला मुलुकको राजनीतिक धु्रवीकरणमा बिभाजित छ । राजसपाले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे ओली सरकार नै कायम रहने देखिन्छ । यदि राजसपाले ओलीलाई साथ नदिएमा कांग्रेस, माओवादी केन्द्र र राजसपाको त्रिशङ्कु सरकार बन्ने अवस्था पनि छ ।

राजसपामा पनि केपी ओलीलाई साथ दिने की कांग्रेस, माओवादी केन्द्र संग मिलेर सरकार बनाउने भन्ने कुरामा बिवाद छ । खास गरी राजसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो केपी ओलीको पक्षमा उभिएका छन् भने अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको बिपक्षमा छन । भट्टराई र यादव कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको पक्षमा उभिएको संकेत देखिन्छ । यता माओवादी केन्द्रले अहिले सम्म वर्तमान सरकारलाई दिएको पूर्वसमर्थन फिर्ता लिएको छैन । जसको कारण अहिले पनि वर्तमान सरकार बहुमतमै छ । यदि माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लियो भने सरकार स्वत अल्पमतमा पर्नेछ । त्यसपछि मात्र नयाँ सरकार बन्ने खेल सुरु हुन्छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन किन फिर्ता लिइरहेको छैन ? यो गम्भिर प्रश्न छ । नेपाली काँग्रेसले नयाँ सरकारभन्दा पनि नयाँ निर्वाचनका लागि जोड दिइरहेको छ । कारण के हो भने कम्युनिस्ट पार्टीहरु फुटेको अवस्थामा निर्वाचनमा जाँदा पार्टीलाई फाइदा पुग्ने अनुमान काँग्रेसको छ । त्यहि भएर काँग्रेस निर्वाचनमा जोड दिन्छ । त्यसो त प्रधानमन्त्री ओली पनि नयाँ निर्वाचनमा जोड दिन चाहान्छन । सत्तामा रहेको बेला निर्वाचनमा जाँदा बहुमत ल्याउँछु भन्ने ओलीको मनोविश्लेषण हुन सक्छ । यो बिषयमा माओवादी केन्द्रका नेताहरु मौन छन । सर्वाेच्च अदालतको फैसलाले पूर्वनेकपा एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका छन ।

सर्वाेच्च अदालतको फैसलापछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह राजनीतिक सकसमा परेका छन् । सबैभन्दा बढी सकस माधव नेपाल–झलनाथ खनाल समूहलाई परेको देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले माधव–झलनाथ समूहलाई पेल्नु पेलेका छन । जसको कारणले गर्दा माधव–झलनाथ समूह पार्टीमा समानान्तर गतिविधि सञ्चालन गरिरहेका छन् । पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत चाहिन्छ । माधव–झलनाथ समूहलाई ठूलो समस्या परेको छ । माधव–झलनाथ समूहमा केन्द्रीय समितिमा ४० प्रतिशत भए पनि संसदीय दलमा यो संख्या छैन । अब नेपाल–खनाल समूह पार्टीमै रहने र समानान्तर गतिविधि गर्ने निष्कर्षमा पुगेको देखिन्छ । भारत खास गरी अमेरिका र चीनको प्रभाव नेपाली राजनीतिमा नपरोस् भन्न चाहन्छ । भारत, चीन, अमेरिकाको नेपालमा आ–आफ्नै किसिमको स्वार्थ छ । एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले झन्डै दुई तिहाइ बहुमत दिएकै थिए । आपसमा मिल्न नसकेर भाँड भैलो छ ।

अब चुनावमा जाँदा एमाले र माओवादी केन्द्रलाई जनताले फेरि पत्याऊलान् ? एमाले र माओवादी केन्द्र जनता संग के भनेर भोट माग्न जाने ? यदि पार्टी र मुलुकको भविष्य सोच्ने हो भने केपी ओली, माधव नेपाल, झलनाथ खनाल , बामदेव गौतम मिलेर जानु पर्छ । त्यति मात्र होइन अलग पार्टीमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई समेत सहभागी बनाएर संगै लैजाने प्रयास हुनु पर्छ । यो तालले देश चल्दैन । कांग्रेस चुनावमा जान हतारिनुको प्रमुख कारण भनेको के हो भने कम्युनिस्टहरुको फुटलाई आधार मानेर हो । जनताले एमाले र माओवादी केन्द्रलाई ५ वर्षका लागि सरकार चलाउन स्पष्ट म्यान्डेट दिएका हुन् । यो पाँच वर्षको अवधिमा अझै दुई वर्ष सरकार चलाउने अवधि छ । यदि एमाले र माओवादी केन्द्र यसरी नै जाने हो भने अबको जनमत कांग्रेसतिर नजाला भन्न सकिन्न ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको