Logo
04 Oct 2024    १८ आश्विन २०८१, शुक्रबार

ताजा खबर

२१ वर्षपछि फिर्ता भयो पशुपतिनाथको धर्मशाला पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत नेपाल, बंगलादेश र भारतबीच त्रिपक्षीय विद्युत् व्यापार सम्झौता कसैले कालोबजारी तथा मूल्यवृद्धि गरे ११३७ मा फोन गर्नूस् नेपालद्वारा ओमान पराजित आजदेखि दसैँ सुरु, आज घटस्थापना

दुईदिने भ्रमणको सिलसिलामा मोदी ढाकामा

admin

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कोरोना संकटपछिको पहिलो विदेश भ्रमणको सिलसिलामा विहिबार बंगलादेश पुगेका छन् ।

बंगलादेशको ५० औं स्वतन्त्रता दिवस मनाउन आयोजित समारोहमा भाग लिन मोदी दुई दिने भ्रमणमा ढाका निस्किएका हुन् । मोदीलाई ढाका विमानस्थलमा समकक्षी शेख हसिना वाजेदले स्वागत गरिन् ।

मोदीको यसपटकको बंगलादेश भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । धेरैले उनको ढाका भ्रमणलाई पश्चिम बंगालको आसन्न विधान सभा चुनावसँग जोडेर हेरेका छन् । उनले ढाका भ्रमणबाट बंगाल चुनावमा त्यहाँको मतुआ समुदायलाई बीजेपीतर्फ आकर्षण गर्ने अपेक्षा गरिएको छ ।

राजधानी ढाकाभन्दा बाहिर पुगेर मोदीले मतुआ समुदायका धर्मगुरुलाई भेटेर उक्त समुदायका लागि केही सहयोग घोषणा गर्ने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

स्वतन्त्रता दिवसको अवसरमा बंगलादेशले छिमेकी मित्रराष्ट्रलाई निम्तो दिएको छ । नेपाली राष्ट्रपति, श्रीलंकाली र भुटानी प्रधानमन्त्रीले पनि यसैसाता ढाका भ्रमण गरिसकेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको