Logo
27 Mar 2025    १३ चैत्र २०८१, बिहीबार

ताजा खबर

सुनचाँदीको मूल्यमा भारी वृद्धि अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

काँग्रेस नेता नविन्द्रराज जोशीको निधन

admin

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको शुक्रबार ५७ वर्षको उमेरमा निधन भएको छ। फागुन १४ देखि नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार अस्पतालमै निधन भएको हो। फागुन १३ गते राति ब्रेनह्यामरेज भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

नेता जोशीका सहयोगी रहेका पुस्कर पाण्डेले अस्पतालले साढे ८ बजे निधन भएको घोषणा गरेको जानकारी दिए।

नेता जोशीको नेपाल विद्यार्थी संघको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका थिए। २०४९ का काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशी संविधानसभाका दुबै चुनावमा काठमाडौं ८ बाट निर्वाचित भएका थिए। उनी माओवादी–काँग्रेसको गठबन्धन सरकारमा उद्योगमन्त्री बनेका थिए।

नेता जोशीको निधनप्रति काँग्रेस नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन्। काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जोशी निधनप्रति सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको