Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित

माओबादी ओली सरकारमा सहभागी नहुने संकेत

admin

काठमाडौं – माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ।तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ। आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

जनताको बहुदलीय जनवाद ९जबज० मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान पार्टी नेतालाई ब्रिफिङ गर्दै बताएका थिए। दाहालले एकतासहितको समग्र प्याकेज नटुंगिएसम्म गठबन्धन सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागितालाई प्राथमिकता नदिने बताएका कारण सरकारमा उसको सहभागिता अन्योलमा परेको छ।

त्यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दाबी प्रस्तुत गराउँदा समर्थन दिए पनि सरकारमा भने सहभागिता जनाएन। ओलीले पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्दा माओवादीका दुई जना नेता सिफारिस गर्न दाहाललाई आग्रह गरेका थिए।

ओलीले पहिलो चरणमा एमालेका तर्फबाट आफूसहित तीन र माओवादीका दुई गरी पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना बनाएका थिए। तर, माओवादीले तत्काललाई सरकारबाहिरैबाट समर्थन गर्ने सूचना पठाएपछि ओलीले एमालेका दुई नेतालाई मात्रै मन्त्री बनाए।

‘पार्टी एकता नभएसम्म सरकारमा सहभागी हुने विषयमा छलफल बाँकी छ, हामीले पहिल्यैदेखि सरकारभन्दा पहिले पार्टी एकतामा जोड दिँदै आएका थियौं, अहिले पनि अडान त्यही नै छ,’ माओवादी नेता देव गुरुङले अन्नपूर्णसँग भने, ‘एकताको छलफल जारी रहेकाले सरकारमा अहिल्यै सहभागिता जनाएनौं।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको