Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

बस्नेत र गुरुङलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

admin

 शनिवार काठमाडौंमा आयोजित समारोहमा लोक गायक कुमार बस्नेत तथा संगीतकार प्रकाश गुरुङलाई भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७ प्रदान गरिएको छ ।

भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले संयुक्त रुपमा आयोजना गरेको समारोहमा बस्नेत तथा गुरुङलाई ५०–५० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो सम्मान प्रदान गरिएको हो । आचार्यका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्य २८ वर्षदेखि नेपाली सुगम संगीतमा क्रियाशील छन् । सम्मान कार्यक्रममा सत्य र रुवरुप दुबैजनाले प्रत्यक्ष बाद्ययन्त्रका साथमा आफ्नै बुवाका गीतहरु गाएका थिए ।

कार्यक्रममा सम्मानित गायक कुमार बस्नेतले दशकौं सांगीतिक क्षेत्रमा योगदान गरेका स्रष्टालाई नदिँदा आर्थिक अभावमा गुज्रिरहेको बताए ।

अर्का सम्मानति व्यक्तित्व संगतिकार प्रकाश गुरुङले भक्तराज आचार्यका लागि धेरै गीत तयार नपारे पनि उनको गायकीबाट सधैं प्रभावित भएको बताए ।

समारोहमा संगीतकार लक्ष्मण शेषले सम्पूर्ण संगीतकर्मीहरु रोयल्टीका लागि एकठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए । केही म्युजिक कम्पनीहरुले कलाकारको आवाज बन्द गराउन वर्षमा एक दिन केही हजार रुपैयाँ दिएर सम्मान गर्ने गरेको भन्दै उनले स्वार्थका लागि गरिने सम्मानको चङ्गुलमा अग्रहजहरुलाई नफस्न आग्रह गरे ।

अग्रज स्रष्टाहरुले रोयल्टीका विषयमा सरोकारवाला पक्षलाई खबरदारी गरे तत्काल समस्या समाधान हुने भन्दै यसमा गम्भीर हुन आग्रह समेत गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको