Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३४५ पुग्यो

admin

 कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा यो साता थप तीन जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा दुई र क्यानाडामा एक जना गरी तीन जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म हालसम्म २२ देशमा रहेका तीन सय ४५ जना नेपालीको निधन भएको छ । संयोजक डा.सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र यूएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।

हालसम्म ५३ देशमा ६३ हजार आठ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६१ हजार नौ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।

स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तिब्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन्। उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोर दोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाएका छन्।

त्यस्तै, काठमाडौंमा पछिल्लो समय फैलिएको धुलो धुवाँबाट जोगिनसमेत स्वास्थ्य समितिले सुझाव दिएको छ। डा.सापकोटाले प्रदूषणले स्वासप्रश्वास लगायत भर्खरै कारोना संक्रमणमुक्तहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

तत्कालिन रूपमा आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने उनले बताए। अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन र निस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउने, मास्क तथा चस्मासमेत लगाउन डा.सापकोटाले आग्रह गरेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको