Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई राती भारतीय प्रधानमन्त्रीको फोन

admin

काठमाडौं, नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । गएराती फोन गरेर मोदीले ओलीलाई बधाई तथा शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले मोदीले गएराति साढे १० बजे टेलिफोन गरेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको जनाएको छ ।
टेलिफोन संवादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका छन् ।  यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेको सचिवालयले जनाएको छ।
टेलिफोन संवादमा प्रधामन्त्री ओलीले आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा मोदीलाई धन्यवाद दिए ।  यसैगरी प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसंगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने कुरा पनि मोदीलाई बताएका थिए ।
बिहिबार नै मोदीले भारतीय राजदुत मञ्जित सिंह पुरी मार्फत प्रधानमन्त्री ओलीलाई एक शुभकामना पत्र पठाउँदै प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने आशा व्यक्त गरेको पनि ओलीको सचिवालयले जनाएको छ ।
पत्रमा ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त समेत गरिएको छ ।
शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विस्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।
यसैबीच भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको