Logo
09 Oct 2024    २३ आश्विन २०८१, बुधबार

ताजा खबर

आज एक लाख यात्रुले छाडे उपत्यका साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण रेस्लर भगवती खड्काको नाम विश्वप्रसिद्ध वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा विभागद्वारा तीन सातामा १०९१ स्थानमा अनुगमन देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन् : मेयर बालेन राष्ट्रपति पाैडेलद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

सत्ता स्वार्थमा अल्झिएको राजनीतिक दाउपेज

admin

यो देशको उन्नति , प्रगति के कसरी गर्ने भन्ने चिन्तन मनन सवैको हुन जरुरी छ । सत्ता स्वार्थ र राजनीतिक दाउपेजले मुलुक अघि बढाउन सकिदैन । अहिले देशमा जुन किसिमको राजनीति गतिविधि चलिरहेको छ त्यसमा जनता पूर्णरुपमा सन्तुष्टि छैनन् । देशको भाग्य र भविश्य निर्माणका लागी सवै जुटनु पर्ने बेला हो यो । पार्टी भित्रको आन्तरिक विवादले देश सोचे अनुसार अघि बढन नसकेको यथार्थ हो । संसद अवरुद्ध छ , जनताका समस्या उठाउने थलो नै अवरुद्ध हुदा जनसरोकारका बिषय ओझेलमा परेका छन ।

आज देश बिषम परिस्थितीवाट गुज्रिरहेको छ । जनताका समस्या दिन प्रतिदिन बढदै गएका छन । जनतालाई एक छाक खान समस्या भैरहेको छ । महंगीले आकाश छोएको छ । बजार भाउ छोइसक्नु छैन । देशमा पटक पटक राजनीतिक परिवर्तन त भयो तर जनताको जीवनमा परिवर्तन आउन सकेन । राजनीतिक परिर्वतनका लागी जनताको त्याग , तपस्या र वलिदानी भएको थियो । त्यो कुरा दलका नेताहरुले बिर्सिदै गएका छन । राजनीतिक दल र तिनका नेताहरु आफनो ब्यक्तिगत स्वार्थ बाहेक अरु केही सोचेनन् । समस्या यो हो । हिजो सम्म राम्रो संग जुत्ता चप्पल लगाउन नसक्ने नेताहरु अहिले रातारात खर्वपति बनेका छन ।

राजनीतिको नाममा ब्यापार भएको छ । यसरी देश बन्दैन । देश बनाउन त्याग, तपस्या र दुरदर्शी नेताको आबश्यकता हुन्छ । कुनै पनि ब्यक्तिगत स्वार्थ नभएको नेताले मात्र देश बनाउँछ । स्वार्थी नेताले देश वनाउन सक्दैनन् । आज हरेक पार्टीका कार्यकर्ताहरु निरीह छन । नेताले जे भन्यो त्यो मान्न तयार छन । पुराना पुस्ताका नेताहरुले ज्यान जाला आफनो पद छोडन तयार छैनन् । युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न कुनै पार्टी तयार छैनन् । यो हरेक पार्टीमा देखिएको रोग हो । युवा नेताहरु खुलेर शीर्ष नेताको आलोचना गर्न सक्दैनन् । लोकतन्त्रमा छलफल आलोचना गर्न पाइन्छ । पार्टीलाई सत्मार्र्गमा हिँडाउने भनेको युवाहरुले हो । अव अहंकारको राजनीतिले कसैलाई फाइदा गदैन ।

अव दलहरु सुध्रिनु पर्छ । नेताले जे गरे पनि अन्धभक्त भई स्विकार्ने काम युवा नेताहरुले गर्नु हुदैन । कार्यकर्ताहरु दल र तिनका नेताहरुको अन्धभक्त हुनु हुदैन । नेताका गलत कदमविरुद्ध बोल्न सक्नु पर्छ । जे गरे पनि ठीक हो भन्दै पछि लाग्नु राम्रो होइन । हरेक पार्टीका कार्यकर्ताहरुको आफ्नै पीडा छ । त्यो पीडा नभएको होइन । नेतावाट अपहेलित हुुनुपर्ने अवस्था पनि छ । तल्लो तहका कार्यकर्ताले दैनिक रूपमा जनताका सुखदुःखमा साथ दिइरहेका पनि छन । जनताका समस्यालाई सरकारसमक्ष र सरकारका योजना कार्यक्रम जनतासमक्ष राख्नेगरी सरकार र जनताबीच पुलको काम पनि त्यही तल्लो तहका नेता कार्यकर्ताले गरिरहेका छन । तर, नेताहरू महत्व दिँदैनन ।

ती जनताका समस्याहरु प्राथमिकतामा पर्दैनन् अनि निराश भएर गाउँ फर्किन्छन् ् तर कार्यकर्तामा भएको यो इमानदारितालाई नेताहरुले सम्मान गर्न सिक्नु पर्छ । चाकडीले पद, प्रतिष्ठा मिल्ने परिपाटी पार्टीमा झांगिदै गएको छ । यस्तो परिपाटीमा सुधार हुनु जरुरी छ । जो इमानदार नेता कार्यकर्ता छन तिनीहरु लाभको राजनीतिमा पछि छन । त्यसले गर्दा नेताका गलत कदमविरुद्ध बोल्ने साहस गदैनन् । तर, सबै कार्यकर्ता यसरी नै चुप लागेर बसेका छैनन् । जो निष्ठावान् इमानदार देशभक्त छन्, उनीहरू सशक्त रूपले खबरदारी गरिरहेका छन् । अहिले प्रतिनिधिसभा पुनःस्थापना भएर राजनीतिले एउटा गति लिए पनि संसद्ले उपयुुक्त बिजनेसअनुसार कामगर्न पाइरहेको छैन । संसदीय मर्यादा गुमाइरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको