![](https://www.rastrakhabar.com/wp-content/uploads/2018/02/B.P._Koirala_Highway.jpg)
सिन्धुलीमा जिप दुर्घटना हुँदा एकै गाउँका ४ जनाको मृत्यु भएको छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट गोलान्जोरतर्फ जाँदै गरेको बा ११ च २२७१ नम्बरको जिप कमलामाई नगरपालिका २ सेल्फीडाँडामा सडकबाट ५० मिटर तल खस्दा गोलान्जोर गाउँपालिका ५ का चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नवराज थापा, लक्ष्मी देवकोटा, युवराज लुंगेली मगर र रेशम कार्की रहेका छन् । उनीहरु सबै एकै गाउँका रहेका सिन्धुलीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएकाले काठमाडौं रिफर गरिएको डीएसपी शर्माले बताए । सामान्य घाइते ५ जनाको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
![](https://www.rastrakhabar.com/wp-content/uploads/2024/04/the-excel-public-secondary-school.jpg)
लोकप्रिय समाचार