Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

फ्रान्समा फेरि लकडाउनको घोषणा

admin

फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा तेस्रो पटक लकडाउनको घोषणा गरेका हुन्।

म्याक्रोँले देशैभरिका प्राथमिक तहका विद्यालयहरु तीन हप्ताका लागि बन्द हुने घोषणा गरेका छन्।

उनले राष्ट्रिय टेलिभिजन प्रसारणबाट घोषणा गर्दै भने,‘यदि अहिलेकै अवस्था कायम रह्यो भने यसले सिंगो युरोपमा भन्दा पनि हामीलाई बढी प्रभावित पार्नेछ, त्यसैले लकडाउनको कुनै विकल्प देखिएको छैन।’

उनले तीन हप्ताका लागि सम्पूर्ण देशबासीहरुलाई धैर्य गरेर आफ्नो ख्याल गर्न भनेका छन्। यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने उनले सो सम्बोधनका क्रममा बताए।

कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा यसअघि पनि दुई पटकसम्म लकडाउन भएको थियो। त्यो बेला दुई महिना लकडाउन लागू भएको थियो। 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको