Logo
31 Jan 2023    १७ माघ २०७९, मंगलवार

ताजा खबर

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड )को मनोनयन सार्वजनिक सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता लगातार सेयर बजार घट्नेक्रममा रोयल लाउञ्ज ब्याङ्क्वेट र बाजेको सेकुवालाई एक लाख जरिवाना काठमाडौँको कागेश्वरिमा मनाइयो सहिद दिवस राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते

यूथ क्रियशनको “भ्यालेन्टाईन स्पेशल फेशन शो ” भव्य रुपमा सम्पन्न

admin

युथ क्रियसन नेपालले प्रणय दिवस अर्थात भ्यालेन्टाईनको अवसर पारेर “भ्यालेन्टाईन स्पेशल फेशन शो ” भव्य रुपमा सम्पन्न गरेको छ । उक्त फेशन शोमा नेपाल अधिराज्यभरबाट छानिएका चर्चित महिला तथा पुरुष मोडलहरुले र्याम्प शो गरेका थिए । ३ वटा सिक्वेन्स रहेको उक्त शोमा ३० जोडी मोडलहरु आकर्षक पहिरनमा स्टेजमा उत्रिएका थिए । नित्य ट्रेडिसनल टेक्स प्रा.लि.को उत्कृष्ट नेवारी संस्कृति झल्किने मौलीक पहिरनमा शोस्टर्पसको रुपमा उत्रिएका थिए, लोकप्रिय नायक तथा निर्माता गजित बिष्ट तथा नायिका एवं मोडल वर्षा राउत ।


चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त फेशन शोमा कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघ,संस्था एवं व्यक्तित्वहरुलाई प्रमुख अतिथी शाक्य, यूथ क्रियशनका अध्यक्ष रवि लामा एवं बोर्ड अफ डाईरेक्टर बिनोद कुमार लामा तथा क्रियशन प्रडक्सनका अध्यक्ष शोभा पौडेलले मायाको चिनो तथा प्रमाण पत्र वितरण गरेका थिए ।


उक्त फेशन शो को ईभेन्ट व्यबस्थापक मोडल शोभा पौडलले गरेकी थिइन भने कोरियोग्राफी अर्शु महर्जनको रहेको थियो । शोसंगै लोकप्रिय डिजेको साथमा डान्स पार्टि आयोजना भएको थियो । कार्यक्रममा आयोजक रवि लामाले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति, संघ,संस्था एवं मोडलहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप उत्कृष्ट ईभेन्टहरु आयोजना गर्दै लैजाने कुरा बताएक थिए ।
सुन्धारा स्थित क्लव भेनसमा सम्पन्न उक्त कार्यक्रमको लाईभ काष्ठमण्डप टेलिभिजनले गरेको थियो । भने उक्त फेशन शोमा आर्टिष्ट म्यागेजिन, राष्ट्रखवर, फेयर एक्सप्रेश पत्रिका तथा जुजुवा लाउन्ज एण्ड वार, एण्ड पिक्चर्स,अस्मिता ब्युटी पार्लर,कस्मेड,लाईट बुटिक लगायत सहयोगी संस्थाहरु रहेका थिए । शो को संचालन कर्मा लामाले गरेका थिए ।

सामाजिक रुपमा सक्रिय युथ क्रियसनले मिस हेरिटेज नेपाल सफलता पूर्वक सम्पन्न गरेको थियो । युथ क्रियसनले लामो समयदेखि सफल ईभेन्टहरु आयोजना गर्दै आईरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको