हरेक पार्टीमा गुटबन्दी

  • डा.डिआर उपाध्याय,

नेपालका हरेक राजनीतिक पार्टीहरु वैचारिक, सैद्धान्तिक तथा नीतिगतरुपमा अघि बढनु पर्छ । त्यसो भयो भने समस्या आउँदैन । पछिल्लो समयमा राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भए । जसले गर्दा मुलुकको बिकास र समृद्धिमा अवरोध खडा भएको छ । नेकपा एमालेका नेताहरु आफ्नो निहित स्वार्थ पूरा गर्न गुट तथा उपगुटको राजनीति गतिविधि गरिरहेका छन । यस्ता गतिविधिले पार्टीलाई घाटा पुयाइरहेको छ । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खलल पु¥याउने काम गरेको छ । खै नेताहरुले कुरा बुझेको ? गुट, उपगुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको ।

हरेक राजनीतिक पार्टीहरुले गुटगत परिपाटीको अन्त्य गर्नु जरुरी छ । हरेक पार्टीहरु पार्टीको कार्यदिशा, नीति र सिद्धान्तका आधारमा चल्नु पर्छ । अहिले चलेका गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा बिपरित छन । हामीले यो कुरा बुझन जरुरी छ की गुटगत र व्यक्तिगत स्वार्थमा लिप्त हुने नेताहरुको भविश्य क्षणिक हुन्छ । अव ढिला नगरी पार्टीभित्र गुट र उपगुटलाई निस्तेज बनाउने रणनीति पार्टी नेतृत्वले लिनुपर्छ । हामीले देखिरहेका छौ, गुटभित्र पनि उपगुटहरू व्यक्तिगत शक्ति आर्जन गर्ने उद्देश्यले सक्रिय हुन्छन । गुटमा लिप्त नेतृत्वले पार्टी र मुलुकको कुशल नेतृत्व गर्न सक्दैनन् ।

त्यसैले नेता तथा कार्यकर्ताले गुटबन्दीको राजनीति छोडनुपर्छ । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउदैन । गुटबन्दीलाई नेता तथा कार्यकर्ताले निष्क्रिय बनाउनु पर्छ । यदि पार्टीलाई शक्तिशाली बनाउने हो भने यो काम छिटो गर्नु पर्छ । पार्टीमा गुटबन्दी झाँगिंदै गयो भने घात, अन्तर्घात, अपराध, गुण्डागर्दी, अनुशासनहीनता जस्ता खराब प्रवृत्तिहरू मौलाएर जान सक्छ । गुट हरेक पार्टीका लागि जटिल आन्तरिक समस्या हो । त्यो केन्द्रदेखि तल्ला कमिटीसम्म पैmलिएर जान्छ । गुटबन्दीको सिकार भएर इमानदार, योग्य नेता तथा कार्यकर्ताहरू राजनीतिबाट बाहिरिनु परेको अवस्था पनि नभएको होइन ।

त्यसले पार्टीलाई ठूलो नोक्सान पु¥याउँछर पुयाउँदै पनि आएको छ । अझै पनि गुटबन्दीको कारण केही पार्टीहरु कमजोर अवस्थामा छन । त्यसैले पार्टी बलियो बनाउन गुटको राजनीति छोडनु पर्छ । हरेक ठूला पार्टीमा अनुशासनहीनता, विलाशिता, अवसरवाद, अराजकता हावी हुँदै गएको छ । जुन कारणले गर्दा पार्टीभित्र गुटबन्दीको जन्म भएको छ । अव हरेक पार्टीका युवानेता तथा कार्यकर्ताहरू पार्टीलाई एक ढिक्का बनाउने काममा अग्रसर हुनु पर्छ । शक्ति र सत्ताको आडमा अहिले देशमा जे भइरहेको छ त्यो पहिला पनि हुन्थ्यो ।

एकलौटी ढङ्गले आफ्नै गुटका नेता तथा कार्यकर्तालाई नेतृत्वमा ल्याउने, विभिन्न निकायमा मनोनयन र नियुक्ति दिने काम हुन्छन । गुटबन्दीबाट पार्टीलाई बचाउनका लागि पार्टीमा वैचारिक र सैद्धान्तिक छलफल, बहस चलाउनुपर्छ, पार्टीलाई नोक्सान पु¥याउने विषयवस्तुमा गम्भीरतापूर्वक छलफल गरी सही निर्णय र निकास दिनुपर्छ ।

वास्तविक रूपमा संस्थागत रूपमा विधि र पद्धतिअनुसार अगाडि बढेको खण्डमा गुट क्रमिक रूपमा निस्तेज हुँदै जान्छ र पार्टीले स्थायित्व ग्रहण गर्छ । नेता तथा कार्यकर्ताले पार्टी कमिटीहरूलाई पार्टीको विधि पद्धतिअनुसार चलाउनु पर्छ । पार्टी कमिटी, नेता तथा कार्यकर्ता पार्टीको विधि र पद्धतिअनुसार चलेमा गुटगत क्रियाकलाप निस्क्रिय भई पार्टी स्वतः सुदृढ हुँदै जाने छ । गुट, उपगुटका कारण पार्टीले उठाउनुपर्ने देश र जनताका जल्दाबल्दा मुद्दा ओझेलमा परिरहेका छन ।

पार्टीमा गुटगत तथा व्यक्तिगत मनोवृत्ति हावी हुँदै जाँदा सक्रिय नेता तथा कार्यकर्ताहरू निस्क्रिय हुन थाल्छन् र त्यसैले पार्टीलाई ठूलो नोक्सान पु¥याउँछ । त्यसैले पार्टीको वैचारिक तथा सैद्धान्तिक यथार्थ धरातलीय अवस्था बुझन , बुझाउँन अध्ययन, अनुसन्धान र प्रशिक्षणमा जोड दिनु पर्छ । अव हरेक पार्टीभित्र लोकतान्त्रिक अभ्यास हुनु पर्छ । गुट र फुटको गन्ध आउन नदिई एकता र इमानदारिता कायम गर्दै पार्टीलाई पुनः एक ढिक्का बनाई अगाडि बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *