डिक्कीमा लुकाई राखेको ४३ लाख रुपैयाँ र नौवटा छड्के तिलहरीसहित एकजना पक्राउ

नागढुंगाबाट प्रहरीले ४३ लाख रुपैयाँ र नौवटा छड्के तिलहरीसहित एकजनालाई पक्राउ गरेको छ।

शनिबार बेलुका दाङको तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको बसको डिक्कीमा कार्टुन भित्र राखिएको अवस्थामा उक्त रकमसहित ९ पोतेसहितको ९ वटा छड्के तिलहरीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कार्टुनमा एक हजार दरका ३९ सय थान र पाँच सय दरका ८ सय थान नोट रहेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा तुलसीपुर–५ का सन्दीप कौशल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *