सपन तथा स्मिताको गीत ट्रेन्डिङ्ग नं.१ मा पल,दुर्गेश संगै पुन्य गौतम (भिडियो)

गायक सपन श्रेष्ठ तथा गायिका स्मिता दाहालको नयाँ गीत हाम्रो माया ट्रेन्डिङ्ग नं.१ सार्वजनिक गरिएको छ । मुनाल शिशिर कोईरालाको शव्द रहेको गीतमा दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । बोलायो बोलाये पोखरेली मायाले,तिमी यसै लजायौ,लै बरी लै, बोली मिठो लगायत दर्जनौ चर्चित गीतका गायक सपन भन्छन, ‘गीत अनुसार भिडियो निर्माणमा न्याय गर्ने कोसिश गरेका छौं’ उनले भने ।

मुनाल शिशिर कोईरालाकै निर्देशन रहेको गीतको भिडियोमा चर्चित गायक सपन सँगै चर्चित मोडल पल शाह,गायक तथा मोडल दुर्गेश थापा,सासङ्ग एमटिको साथमा पूण्य गौतमको समेत अभिनय रहेको छ । गीतमा अहिले चलेको युट्युब ट्रेन्डलाई मायासंग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ । भिडियोमा अर्जुन तिवारी तथा टिम एमबिए फिल्म्सको छायाँकन, शिलन लम्सालको कलर र सम्पादन, मुनाल शिशिर कोईरालाकै भिडियो कन्सेप्ट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *