भारतमा कोरोना महामारी भयावह बनेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारी सुरु भएयताकै उच्च संख्यामा एक दिनमा संक्रमित थपिएका हुन्।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ १ लाख २६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दोस्रो लहरमा २४ घण्टाभित्र यति धेरै संख्यामा पहिलो लहरमा संक्रमित थपिएका थिएनन्।
एक दिनमा संक्रमित थपिएको यो संख्या संसारमै सबैभन्दा बढी हो।
त्यस्तै पछिल्लो २४ घन्टामा भारतमा ६८४ जना कोरोना संक्रमितको मत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा ५९ हजार ९०७ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३२२ जनाको मृत्यु भएको छ।
खुला सीमा भएका कारण भारतमा तीव्र बनेको कोरोना संक्रमणको खतरामा स्वाभाविक रूपमा नेपाल पनि परेको छ।